२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

नक्कली भुटानी शरणार्थी प्रकरण: आरोपित जोगाउन दबाब बढाउँदै राजनीतिक नेतृत्व

२४ बैशाख २०८०, आईतवार ०३:१०

बैशाख २४, काठमाडौँ | नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन दिएर ठगी गर्ने गिरोहमा राजनीतिक दलका नेताहरूकै नाम जोडिएपछि उनीहरूलाई जोगाउन शीर्ष नेताहरू सक्रिय भएका छन्। ठगी गिरोहमा संलग्न भएको आरोपमा एमाले सचिवसमेत रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी लगायतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उनी बहालवाला सांसद पनि हुन्।  

रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनी कतै नभाग्ने भन्दै पक्राउ नगर्न घुमाउरो भाषामा दबाब दिएका थिए। अहिले रायमाझी सम्पर्कविहीन छन्। रायमाझीविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएपछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दुईपटक भेटिसकेका छन्।

झन्डै डेढ वर्षदेखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश रिक्त हुँदा नियुक्ति प्रक्रिया अघि बढाउन र मुलुकका यावत् समस्यामा कुनै चासो नदिएका ओली अहिले रायमाझीलाई जोगाउन भने सक्रिय छन्।

अहिलेसम्मको प्रहरी अनुसन्धानले ठगी गिरोहमा एमाले सचिव रायमाझी, उनका छोरा सन्दीप, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे (यसअघि गृह मन्त्रालयका सचिव), एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, थापा गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई, उनका छोरा निरजसहितको संलग्नता देखाएको छ।

सचिव पाण्डे, पूर्वसुरक्षा सल्लाहकार राई, एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई प्रहरीले पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइसकेको छ। टोपबहादुर रायमाझी, प्रतीक थापा र निरज राईलाई अनुसन्धान दायरामा ल्याउन पक्राउ पुर्जी जारी भइसकेको छ।

काठमाडौं जिल्ला अदालतबाट बुधबार पक्राउ पुर्जी जारी भएका एमाले सचिव रायमाझीसहितलाई अनुसन्धानको दायरामा ल्याउन सघाउनुको साटो एमाले नेतृत्व जोगाउन सक्रिय भएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य