२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

नक्कली भुटानी शरणार्थी प्रकरण: खाणसँगको सम्बन्ध खोज्दै प्रहरी

२०८०, २८ बैशाख बिहीबार ०३:०१

बैशाख २८, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरेपछि प्रहरी अनुसन्धान अन्य सम्बन्ध पहिल्याउनतिर केन्द्रित भएको छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग खाणको आर्थिक कारोबार भएनभएको पक्षमा प्रहरी अनुसन्धान केन्द्रित भएको स्रोतले बतायो।  

'अडियो सार्वजनिक भएपछि प्रहरीले त्यसमा अनुसन्धान गर्छ नै तर बालकृष्ण खाण र यसमा जोडिएको आरोप लागेकी कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाबीच आर्थिक कारोबार भएनभएको बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ, त्यसमा खाणपत्नी मन्जुको नाम पनि जोडिएको छ। अडियोमा एकसाथ दुवैजनाको नाम जोडिएकाले अनुसन्धानको दायरामा आउने अवस्था छ,’ प्रहरी स्रोतले भन्यो।  

सो अडियोमा आफूलाई अनाहकमा मुछ्ने काम भएको दाबी आरजु राणाले गरेकी छन्। बिरामी भएर जापानमा उपचार गराइरहेको अवस्थामा आफूमाथि आरोप लगाइएको दाबी उनको छ। त्यस सन्दर्भमा आरजुले बुधबार नै प्रहरीको साइबर ब्युरोमा छानबिनका लागि उजुरीसमेत दिइसकेकी छन्। प्रहरीले भने यी सबै पक्षमा अनुसन्धान गर्ने भएको छ। प्रहरीले पक्राउ गरेका गिरोहका सदस्यले आफ्नो बयानमा एमाले सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनकी पत्नी मन्जु खाण तथा आरजु राणाको समेत नाम लिएपछि प्रहरीले उनीहरू सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने भन्दै बुधबार पूर्वगृहमन्त्री खाणलाई पक्राउ गरेको हो। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण