२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

सरकारका अधिकांश सचिवहरु ‘बिचौलिया’कै भूमिकामा रहेको आरोप

३ जेष्ठ २०८०, बुधबार ०३:०७

जेठ ३, काठमाडौं । सरकारका अधिकांश सचिवहरू अहिले पनि बिचौलियाकै भूमिकामा रहेको भन्दै आम कर्मचारीहरूबाट प्रमुख प्रशासनिक भूमिकामा रहेका सचिवहरूप्रति आक्रोश पैदा हुन थालेको छ ।

अधिकांश सचिवहरू मन्त्री र उनका आसेपासेबाट परिचालित हुँदा र बिचौलियाकै भूमिकामा पुग्दा सिंगो प्रशासन क्षेत्रको साख निहुरिएको भन्दै सचिवहरूप्रति आक्रोश व्यक्त हुन थालेको हो । निजामती क्षेत्रमा विभिन्न मन्त्रालय र निकायमा गरी झन्डै ७० जना विशिष्ट श्रेणी सचिवस्तरका कर्मचारी छन् । उनीहरूमध्ये अधिकांशलाई बिचौलियाको आरोप लागेको छ । केही सचिवहरू भने इमानदार रहेको र उनीहरू दबिएको अवस्थामा रहन बाध्य भएको बताइएको छ । इमानदार सचिवको पहुँच उच्च राजनीतिक नेतृत्वसँग छैन । त्यसैले उनीहरू पाखा पर्नुपरेको बताइन्छ । उनीहरू भने बिचौलियाको आरोपबाट मुक्त छन् ।

सरकारका कार्यालय सहयोगीदेखि उपसचिवसम्मकै कर्मचारीले सरकारका अधिकांश सचिव र सहसचिवको भूमिकामाथि बारम्बार प्रश्न गर्दै आइरहेका छन् । केही थोरै सचिवहरूले अन्य सचिवको कार्यशैली देख्दा वाक्कदिक्क भएको बताउने गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे तत्कालीन मन्त्री बालकृष्ण खाँणको बिचौलियाको भूमिकामा रहेको पुष्टि भएसँगै सरकारका अधिकांश सचिवहरू अहिले पनि त्यस्तै भूमिकामा रहेको हुन सक्ने भन्दै प्रश्न उठ्न थालेको हो । प्रहरीका अनुसार सचिव पाण्डे आफैंले मन्त्रीलाई पु¥याउन भन्दै करोडौं रुपियाँको डिल गरेको प्रमाणहरू भेटिएका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य