२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

नेपाल वायुसेवा निगमको वित्तीय सूचकमा सुधार, नयाँ जहाज किन्ने तयारी !

५ जेष्ठ २०८०, शुक्रबार ०२:४२

जेठ ५, काठमाडौँ | राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वित्तीय सूचकमा सुधार देखिएको छ। पछिल्लो एक वर्षमा निगमले वित्तीय सुधार गरी थप जहाज खरिदको तयारी थालेको जनाएको छ । संस्थाको व्यापार विस्तार तथा नगद प्रवाहमा थप सुधार ल्याउन अन्तर्राष्ट्रिय गन्तव्य विस्तारमा लागेको निगमले आन्तरिक उडानमार्फत समेत आम्दानी बढाउन नयाँ जहाज खरिदको प्रक्रिया अघि बढाएको छ। 

निगमले अन्तर्राष्ट्रिय उडानका लागि किनेका न्यारोबडी र वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको किस्ताबापत कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ५३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ भुक्तानी गरेको छ। त्यसअघि असारमा एक अर्ब ३५ करोड रुपियाँ, असोजमा ७३ करोड नौ लाख ५५ हजार रुपियाँ र पुसमा ३३ करोड नौ लाख ५५ हजार रुपियाँ भुक्तानी गरेको थियो । निगमका सहायक प्रवक्ता गणेश घिमिरेका अनुसार जहाज खरिदका लागि लिएको ऋणको सावाँ र ब्याजमा मात्रै पछिल्लो एक वर्षमा करिब तीन अर्ब रुपियाँ भुक्तानी गरेको निगमले थप आम्दानी बढाएर ऋण चुक्ता गर्न प्रादेशिक रूपमा हवाई कनेक्टिभिटी बढाउने योजनासहित जहाज थप्न लागेको हो । 

काठमाडौँबाट सिङ्गापुर–अस्ट्रेलिया, दक्षिण कोरिया उडानका लागि समेत  प्रकिया चलिरहेको जनाउँदै उनले आफ्नै आन्तरिक स्रोतबाट सहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने दुई वटा र दुर्गम क्षेत्रमा उडान विस्तार गर्न तीन वटा जहाज थप्ने कार्य योजनासमेत अघि बढेको बताए । निगमले अस्ट्रेलिया उडानको  प्रकिया समेत अन्तिम चरणमा पुगेको जनाएको छ । अस्ट्रेलियाको नियमन निकायबाट अवतरणलगायतका आवश्यक अनुमति आएसँगै निगमले काठमाडौँ–सिङ्गापुर हुँदै सिड्नीस्थित किङ्सफोर्ड अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन हुने छ । निगमले अस्ट्रेलिया उडानका लागि आवश्यक पर्ने भूमिस्थ प्रबन्ध, लजिस्टिक, क्याटरिङलगायतका सेवाका लागि टेन्डरसमेत आह्वान गरिसकेको छ । 

सन् २०१९ मा क्यानडामा भएको नेपाल र अस्ट्रेलियाबिचको हवाई सम्झौताअनुसार नेपालले अस्ट्रेलियामा दैनिक एक उडान गर्न सक्नेछ। हाललाई वाइडबडी एयरबस–३३० बाट सातामा तीन वटा उडान गर्ने तयारी गरिरहेको निगमले विभिन्न देशमा भइरहेका उडान अनुभवका आधारमा थप उडान विस्तार गर्दै जाने योजना बनाएको छ । निगमले कोरिया उडानको प्रक्रियासमेत सँगसँगै अगाडि बढिरहेको जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य