२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

आठ करोड बढी रकम र सुन ठगी गरेको आरोपमा कांग्रेस नेता पक्राउ

६ जेष्ठ २०८०, शनिबार ०३:०६

जेठ ६, सिन्धुली | नेपाली कांग्रेसका युवा नेता एवम् सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यका लागि दावेदार रहेका कृष्णमुरारी गुरुङ आठ करोड बढी रकम र सुन ठगी गरेको आरोपमा पक्राउ परेका छन् । उनी विभिन्न व्यक्तिलाई रकम लिने र नतिर्ने गरि करोडौं ठगी गरेको आरोपमा काठमान्डौबाट पक्राउ परेका हुन् ।

गोलञ्जोर गाउँपालिका ४ तिनकन्या घर भएका गुरुङलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमान्डौले प्रेस विज्ञप्ती जारी गरि जनाएको छ । उनलाई परिसरमा उजुरी परेपछि खोजी गरिएको थियो । पक्राउ परेका गुरुङलाई काठमान्डौ अदालतबाट म्याद थप गरि ठगी, अपराधिक लाभ तथा अपराधिक विश्वासघात सम्बन्धि कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

उनी विरुद्ध प्रहरी परिसर काठमान्डौमा फरक फरक तीनजना व्यक्तिबाट ८ करोड ५ लाख नगद र २० तोला सुन ठगी गरेको उजुरी परेको थियो ।

गुरुङ विरुद्ध विभिन्न मितिमा व्यवहार सल्टाउने भन्दै सुरेश केसीसँग पटक पटक गरि ७ करोड ७५ लाख रकम र २० तोला सुन लिएको उजुरी छ । केसीसँग आफ्नो सम्पूर्ण सम्पत्ति विशेष अदालतबाट रोक्का भएको र मुद्दा मिलाउन र मुद्दामा खर्च गर्न भनि गुरुङले रकम लिएको पाईएको प्रहरीले जनाएको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य