२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

प्रेम प्रस्ताव इन्कार गर्दा युवतीको बीभत्स हत्या

७ जेष्ठ २०८०, आईतवार ०२:४८

जेठ ७, काठमाडौं | प्रेम प्रस्ताव अस्वीकार गर्दा युवतीको हत्या गरेको भन्दै एक युवकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको छ।

कोहलपुर–६ रझेनाकी २२ वर्षीया सुमद रानी थारूले बर्दियास्थित राजापुर ८ कोइरी गाउँका २६ वर्षीय शैलेन्द्र चौधरीको प्रेम प्रस्ताव अस्वीकार गर्दा उनको बीभत्स हत्या भएको दाबी जाहेरीमा गरिएको छ।

चौधरीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको हो। सुमद रानीका भाइ निरेनले जाहेरी दर्ता गरेका हुन्।वैशाख २९ गते नेपालगन्जस्थित कोठामै ती युवती मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

भेरी प्राविधिक शिक्षालय नेपालगन्जमा कम्प्युटरसम्बन्धी डिप्लोमा कोर्सका लागि उनी भाइ निरेनसँगै बस्दै आएकी थिइन्।

बाँके प्रहरीका अनुसार जाहेरीमा सुमद रानी मृत फेला परेको कोठामा चौधरीले प्रयोग गर्दै आएको रेडमीको मोबाइल, निजले लगाएको जिन्स पेन्ट र हेल्मेटको भाइजरको टुक्रा र चक्कु भेटिएको उल्लेख छ। यो समाचार नागरिक दैनिकमा छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य