२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

नक्कली शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धान प्रतिवेदन यस्तो

२०८०, ९ जेष्ठ मंगलवार ०२:२९

जेठ ९, काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकालाई प्रहरीले तीनवटा अभियोगमा मुद्दा अघि बढाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई राय दिँदै अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेकाहरूमाथिको अनुसन्धानपछि उनीहरूविरुद्ध ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराधको कसुरमा मुद्दाअघि बढाउन भन्दै सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा १ सय ७८ पृष्ठको अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

परिसर काठमाडौंका एसएसपी दनबहादुर कार्कीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको र अब मुद्दाको प्रक्रिया अघि बढ्ने जानकारी दिए ।

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै सरकारले रामबहादुर थापा गृहमन्त्री हुँदा ३० जेठ २०७६ मा गृह मन्त्रालयका पूर्वसहसचिव वालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । प्रहरीले सो प्रतिवेदनमा नाम उल्लेख भएका व्यक्ति नक्कली शरणार्थी रहेको सूचना पाएपछि सो प्रकरण बाहिर आएको थियो ।

प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा २७ करोड ५० लाख ७४ हजार ५ सय रुपैयाँ बिगो दाबी गरिएको छ । प्रहरीले बुझाएको प्रतिवेदनलाई अब जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अध्ययन गरेर जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा ११४ जना पीडितको २१ वटा जाहेरीसमेत समावेश गरिएको छ । प्रतिवेदनमा १६ जना पक्राउ परेको र अन्य १६ जना नै फरार रहेको उल्लेख गरिएको छ ।

प्रहरीले नक्कली शरणार्थी प्रकरणमा हालसम्म पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको छ ।

यसैगरी, नक्कली शरणार्थी प्रकरणमा कांग्रेस पूर्वसांसद आङ्टावा शेर्पा, केशव दुलाल, टंक गुरुङ, सानु भण्डारी, सागर राई, पूर्व गृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी पनि पक्राउ परेका छन् ।

पछिल्लो समय प्रहरीले भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पनि पक्राउ गरी अनुसन्धान गर्दै आइरहेको छ ।

फरार सूचीमा कोको ?

प्रहरीले नक्कली शरणार्थी प्रकरणमा जोडिएका अन्य १६ जनाको अझै खोजी भइरहेको बताएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा सोमबार रायसहितको प्रतिवेदन बुझाउँदै प्रहरीले सो प्रकरणमा जोडिएका अन्य १६ जना फरार सूचीमा रहेको भनेको हो ।

प्रहरीको फरार सूचीमा प्रतीक थापा, केशव तुलाधर, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, अशोक पोखरेल, धीरेन राई, निरज राई, दीपा हुमागाईं छन् । यस्तै, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनिता लिम्बू, निरञ्जनकुमार खरेल र सुनिल बुढाथोकी पनि नक्कली शरणार्थी प्रकरणमा जोडिएर फरार रहेको प्रहरीले भनेको छ । यस्तै, वतन नखुलेका गोकुल थापा र रमा थापा पनि प्रहरीको फरार सूचीमा छन् ।

- महेश्वर गौतमले आजको राजधानी दैनिकमा समाचार लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते