२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

जसले जोगाए नेपाल प्रहरीको साख

१३ जेष्ठ २०८०, शनिबार ०१:४०

जेठ १३, काठमाडौँ । नेपाल प्रहरीमा राजनीतीकरण र आन्तरिक गुटबन्दीले संगठनको छवि धुमिल भएका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा सफल अनुसन्धान गरी दुई एसएसपीले संगठनको साख जोगाएका छन् ।

गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, कार्यालयसमेतको उपत्यका प्रहरी सहयोगमा जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपीद्वय दानबहादुर कार्की र डा. मनोज केसीले नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा देखाएको साहसको प्रशंसा गरिएको छ । जसले गर्दा विगत केही वर्षदेखि धुमिलिएको प्रहरी संगठनको छवि सुधार्न र जनमानसमा प्रहरीका अधिकृत कुनै पनि काम गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह भएको छ । 


नक्कली भुटानी शरणार्थीका नाममा ठगी गिरोहले गृह मन्त्रालय नै कब्जा गरी नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने सपना देखाएर करोडौं रुपैयाँ असुलेको प्रकरणमा अनुसन्धान गर्ने, अनुसन्धान प्रतिवेदन बनाउने निकाय काठमाडौँ प्रहरी परिसर हो । हाल परिसर प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कार्की छन् । यो प्रकरणमा सुरुवाती उजुरी लिएर अनुसन्धानमा खटिएको प्रहरीको अर्को निकाय उपत्यका अपराध अनुसन्धान कार्यालय हो । उपत्यका अपराध असन्धान कार्यालयको कमान्ड हाल एसएसपी केसीले समालेका छन् । यी दुई प्रहरी अधिकारी विगतमा कमान्ड समालेका ठाउँमा अब्बल प्रमाणित भइसकेका छन् । 

- आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य