२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

सरकारले गरे करको दरमा अनौठो हेरफेर

२०८०, १६ जेष्ठ मंगलवार ०३:०६

जेठ १६, काठमाडौं | बजेट वक्तव्यसँग ल्याइएको आर्थिक विधेयकमार्फत सरकारले करका दरमा अनौठो हेरफेर गरेको छ। अर्थमन्त्री डा। प्रकाशशरण महतले सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकमार्फत करछुटको सूची छोट्याउने, कुनै अत्यावश्यकीय वस्तुलाई कर लगाउने, कुनैमा विलासितालाई च्याप्नेजस्ता काम गरेका छन्।

नेगेटिभ लिस्टमा रहेका वस्तुमा पनि अपेक्षाअनुरूप कर बढेको छैन। सस्ता विद्युतीय कारमा कर लगाएर महँगामा घटाइएको छ। यस्तै सुरुमा कुरा गरौं, बिलासिता शुल्कको। आर्थिक विधेयकमार्फत सरकारले लक्जरी करको सुरुवात गरेको हो। जसअनुसार तारे होटल तथा रिसोर्टमा बस्नेले सरकारलाई २ प्रतिशत कर बुझाउनुपर्ने छ। विलासिता शुल्क आयातीत मदिरा, १० लाखभन्दा महँगा हीरा मोती तथा पत्थरजडित सुन वा बहुमूल्य धातुका गरगहनामा पनि लाग्नेछ।

महतले बियरमा प्रतिलिटर मात्र ७ रुपैयाँ अन्तःशुल्क बढाएका छन्। स्वास्थ्य जोखिम सिर्जना गर्ने ‘नेगेटिभ लिस्ट’ रहेको बियरमा कर सामान्य दरले बढाइएको हो जबकी यो सूचीमा रहेको वस्तुमा अत्यधिक कर बढ्ने गर्छ। विदेश घुम्न जाँदा सरकारलाई ५ प्रतिशत कर बुझाउनुपर्नेछ।

विदेश पढ्न जानेले पनि ३ प्रतिशत कर बुझाउनुपर्ने भएको छ। महतले मूल्य अभिवृद्धि करका १७० र अन्तःशुल्कका ३४० छुटका दरहरू खारेज गरेका छन्। यससँगै कर बढाइएका र कर छुटको सूचीबाट हटाइएको वस्तुहरूको मूल्य बढ्ने भएको छ।

यसैगरी, आगामी साउन १ गतेपछि सम्झौता हुने आयोजनामा प्रयोग हुने निर्माण सामग्रीमा भन्सार छुट नदिइने भएको छ। वार्षिक ५० लाख रुपैयाँ आम्दानी गर्ने व्यक्ति वा निजी कम्पनीलाई पनि अबदेखि बढी कर लाग्ने भएको छ। हालसम्म आयको ३६ प्रतिशत कर तिर्दै आएकाले ३९ प्रतिशत तिर्नुपर्ने भएको हो। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण