२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

नेपाल–भारत साझेदारीमा नयाँ अध्याय, बिभिन्न सात विषयमा सम्झौता

१९ जेष्ठ २०८०, शुक्रबार ०३:५४

जेठ १९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा नेपाल–भारत सम्बन्ध, साझेदारी विस्तार र ऊर्जा व्यापारमा नयाँ अध्याय खोल्ने गरी सफल भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको निमन्त्रणामा भएको प्रधानमन्त्री प्रचण्डको औपचारिक भ्रमणका क्रममा भएका विभिन्न विषयमा उच्चस्तरीय सहमति भएका छन्। 


त्यस क्रममा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा सात वटा विषयमा सम्झौता भएको छ। तिनमा ऊर्जा तथा जलविद्युत् विकास र व्यापार, पेट्रोलियम पाइपलाइन विस्तार, एकीकृत जाँच चौकी निर्माण, डिजिटल पेमेन्टसम्बन्धी क्षेत्र समेटिएका छन्। 

राष्ट्रिय समाचार समिति र अन्य विभिन्न सञ्चारमाध्यमले जनाए अनुसार नेपाल–भारत पारवहन सम्झौता नवीकरण भएको छ। सम्झौता नवीकरणसँगै नेपालको जल यातायातका साधन भारतीय जल मार्गमा जान पाउने भएका छन्।

त्यस्तै सीमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगन्जबाट चितवनसम्म र सिलिगुडीबाट झापासम्म विस्तार गर्ने, चाँदनी–दोधारामा एकीकृत जाँच चौकी बनाउने, तल्लो अरुणको पिडिए तयार गर्ने, फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने, डिजिटल पेमेन्ट सम्झौता, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषमा स्वराज इन्स्टिच्युटबिच सहकार्य गर्ने सम्झौता भएका छन्।

दुई देशका प्रधानमन्त्रीले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले लामो समयदेखि नेपालका ऊर्जा उद्यमी तथा व्यवसायीले चाहेको दीर्घकालीन बिजुली व्यापारसम्बन्धी सहमति भएको जानकारी दिए ।

पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) लाई आगामी तीन महिनाभित्र सहमति जुटाउन सम्बद्ध सरकारी अधिकारीलाई निर्देशन दिइएको छ। नेपाल र भारतबिच बिजुली व्यापारका लागि महत्त्वपूर्ण मानिएको न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको दुई देशका प्रधानमन्त्रीले शिलान्यास गरे । 

- यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य