२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

प्रधानमन्त्रीले आफूसँग ल्याउन पाएनन् भारतले दिएका १५ राँगा, नेपाल ल्याएर कसलाई दिइन्छ ?

२०८०, २१ जेष्ठ आईतवार ०९:०९

जेठ २१, काठमाडौँ | भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी दिएको प्रसंगले अहिले सामाजिक सञ्जाल तताइरहेको छ । धेरैले चासो राखिरहेका छन्, भारतले दिएका भैंसी कहिले र कसरी नेपाल भित्र्याइन्छ ?

कृषि मन्त्रालयले भने भारतले भैंसी नभएर राँगा दिएको बतायो । मन्त्रालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतबाट फर्किँदा राँगा पनि नेपाल ल्याउने तयारी थियो । तर, क्वारेन्टाइनलगायतका प्रक्रियामा ढिलाइ हुँदा प्रधानमन्त्रीसँग राँगाहरु आएनन् । अर्थ मन्त्रालयले नेपालको टीम पठाउन बजेट निकासामा ढिलाइ गरेकाले प्रधानमन्त्री आउँदा ल्याउन नसकिएको स्रोतले बतायो ।

दुई वर्षअघिदेखि नै नेपाल सरकारले भारतसँग ३० वटा मुर्रा राँगो मागेको थियो । तत्कालीन कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवका पालामा भारतसँग ३० वटा राँगा मागिएको थियो । त्यसपछिका कृषिमन्त्रीहरुले पनि त्यो मागलाई निरन्तरता दिएका थिए ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतले १५ वटा राँगो दिने सहमति गरेको हो । उनले भने, ‘नेपाल र भारतका प्रतिनिधिहरु रहेको सयुक्त कृषि प्राविधिक कार्य समूह छ । त्यही समूहबाट ३० वटा मुर्रा राँगो माग भएको हो । यी राँगा नेपालको भैंसीको प्रजनन प्रक्रियाको लागि ल्याउन लागिएको । यसले नस्ल सुधार गर्छ ।’

सञ्जेलका अनुसार पशु सेवा विभागको प्राविधिक टोली गएर भारतले दिने भनेको राँगाको स्वास्थ्य ठीक छ कि छैन भनेर चेकजाँच गर्नेछ । त्यसपछि मात्रै त्यो राँगो नेपाल भित्र्याइनेछ । नेपालले भारतसँग ३० वटा राँगो खरिद गर्ने प्रस्ताव गरे पनि भारतले सित्तैमा दिन तयार भएको उनको भनाइ छ । नेपालका पशु चिकित्सक गएर भारतले दिने राँगोको स्वास्थ्य परीक्षण गरेपछि मन्त्रालयसँग समन्वय गरेर ल्याउन अनुमति दिइनेछ । भारतले नै ती १५ वटा राँगो नेपालको सिमानमा ल्याएर छाडिदिनेछ । भारतले नेपालको सिमानामा रहेको क्वारेन्टाइनसम्म राँगो ल्याएपछि नेपालले जिम्मा लिनेछ । कृषि मन्त्रालयले राँगो आयात गर्न कर छुटसमेतको व्यवस्था मिलाइसकेको सञ्जेलले बताए ।

अहिले भारतबाट आयात हुने १५ वटा राँगो कसलाई दिने भन्ने जिज्ञासा पनि सामाजिक सञ्जालमा छ । कृषि मन्त्रालयले भारतबाट ल्याइने राँगा कुनै किसानलाई वितरण नगरिने बताएको छ । ती १५ वटा राँगा सरकारी कृषि फर्ममा नै राखिने छ । पशु सेवा विभागले सञ्चालन गरेको पशु प्रजनन केन्द्रहरुमा राखिने छ । स्रोतका अनुसार भारतबाट ल्याउन लागिएको राँगाको मूल्य डेढ लाख भारतीय रुपैयाँ जति पर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण