४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

प्रधानमन्त्रीले आफूसँग ल्याउन पाएनन् भारतले दिएका १५ राँगा, नेपाल ल्याएर कसलाई दिइन्छ ?

२१ जेष्ठ २०८०, आईतवार ०९:०९

जेठ २१, काठमाडौँ | भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी दिएको प्रसंगले अहिले सामाजिक सञ्जाल तताइरहेको छ । धेरैले चासो राखिरहेका छन्, भारतले दिएका भैंसी कहिले र कसरी नेपाल भित्र्याइन्छ ?

कृषि मन्त्रालयले भने भारतले भैंसी नभएर राँगा दिएको बतायो । मन्त्रालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतबाट फर्किँदा राँगा पनि नेपाल ल्याउने तयारी थियो । तर, क्वारेन्टाइनलगायतका प्रक्रियामा ढिलाइ हुँदा प्रधानमन्त्रीसँग राँगाहरु आएनन् । अर्थ मन्त्रालयले नेपालको टीम पठाउन बजेट निकासामा ढिलाइ गरेकाले प्रधानमन्त्री आउँदा ल्याउन नसकिएको स्रोतले बतायो ।

दुई वर्षअघिदेखि नै नेपाल सरकारले भारतसँग ३० वटा मुर्रा राँगो मागेको थियो । तत्कालीन कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवका पालामा भारतसँग ३० वटा राँगा मागिएको थियो । त्यसपछिका कृषिमन्त्रीहरुले पनि त्यो मागलाई निरन्तरता दिएका थिए ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतले १५ वटा राँगो दिने सहमति गरेको हो । उनले भने, ‘नेपाल र भारतका प्रतिनिधिहरु रहेको सयुक्त कृषि प्राविधिक कार्य समूह छ । त्यही समूहबाट ३० वटा मुर्रा राँगो माग भएको हो । यी राँगा नेपालको भैंसीको प्रजनन प्रक्रियाको लागि ल्याउन लागिएको । यसले नस्ल सुधार गर्छ ।’

सञ्जेलका अनुसार पशु सेवा विभागको प्राविधिक टोली गएर भारतले दिने भनेको राँगाको स्वास्थ्य ठीक छ कि छैन भनेर चेकजाँच गर्नेछ । त्यसपछि मात्रै त्यो राँगो नेपाल भित्र्याइनेछ । नेपालले भारतसँग ३० वटा राँगो खरिद गर्ने प्रस्ताव गरे पनि भारतले सित्तैमा दिन तयार भएको उनको भनाइ छ । नेपालका पशु चिकित्सक गएर भारतले दिने राँगोको स्वास्थ्य परीक्षण गरेपछि मन्त्रालयसँग समन्वय गरेर ल्याउन अनुमति दिइनेछ । भारतले नै ती १५ वटा राँगो नेपालको सिमानमा ल्याएर छाडिदिनेछ । भारतले नेपालको सिमानामा रहेको क्वारेन्टाइनसम्म राँगो ल्याएपछि नेपालले जिम्मा लिनेछ । कृषि मन्त्रालयले राँगो आयात गर्न कर छुटसमेतको व्यवस्था मिलाइसकेको सञ्जेलले बताए ।

अहिले भारतबाट आयात हुने १५ वटा राँगो कसलाई दिने भन्ने जिज्ञासा पनि सामाजिक सञ्जालमा छ । कृषि मन्त्रालयले भारतबाट ल्याइने राँगा कुनै किसानलाई वितरण नगरिने बताएको छ । ती १५ वटा राँगा सरकारी कृषि फर्ममा नै राखिने छ । पशु सेवा विभागले सञ्चालन गरेको पशु प्रजनन केन्द्रहरुमा राखिने छ । स्रोतका अनुसार भारतबाट ल्याउन लागिएको राँगाको मूल्य डेढ लाख भारतीय रुपैयाँ जति पर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट