२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै रोकियो नागरिकता वितरण

२२ जेष्ठ २०८०, सोमबार ०३:००

जेठ २२, काठमाडौं | सर्वोच्च अदालतले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको ऐन तत्काल कार्यान्वयनमा रोक लगाएको छ। न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले आइतबार नयाँ ऐन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार यससम्बन्धी विधेयक ‘निष्क्रिय’ भएको आठ महिनापछि गत बुधबार प्रधानमन्त्री कार्यालयको पत्रका आधारमा प्रमाणीकरण गरेका थिए। उक्त विधेयक राजपत्रमा प्रकाशन भई आइतबारदेखि कार्यान्वयन हुन थालेको थियो। वरिष्ठ अधिवक्ताद्वय डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणसँग सम्बन्धित पत्राचार एवं कार्यहरू अवैधानिक भएको दाबी गर्दै शुक्रबार रिट निवेदन दायर गरेका थिए। उक्त रिटमाथि आइतबार सुनुवाइ गर्दै सर्वोच्चले विधेयक यथास्थितिमा राख्न आदेश दिएको हो।

इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि  विधेयक कार्यान्वयनमा रोक लगाएको हो। रिट निवेदनमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल,  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय,  संघीय संसद प्रतिनिधिसभा, राष्ट्रियसभा र सभामुखलाई विपक्षी बनाइएको छ।

अदालतले रिटका दुवै पक्षलाई छलफलमा बोलाएको छ। संवैधानिक रूपमा निस्क्रिय भइसकेको विधेयकलाई मन्त्रिपरिषद्ले मान्यता दिन र प्रमाणीकरणका लागि पेस गर्न नमिल्ने दाबी रिट निवेदनमा गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विधेयक प्रमाणीकरणका लागि यही जेठ १२ गते राष्ट्रपति पौडेलसमक्ष पत्र पठाएको थियो।

राष्ट्रपतिले संविधानको धारा ६१ का उपधारा (२) (३) (४) र धारा ६६ एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तबमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो।

संविधानका धारा ६१  र ६६ प्रयोग गरेर विधेयक प्रमाणीकरण गरेको कार्य आधारहीन र अवैधानिक भएको दाबी रिट निवेदनमा गरिएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य