२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

एसिया कपको भविष्य फेरि अन्योलमा, पाकिस्तानको ‘हाइब्रिड मोडल’ तीन देशद्वारा अस्वीकार

२३ जेष्ठ २०८०, मंगलवार ०९:१०

जेठ २३, काठमाडौं | यसै वर्ष आयोजना हुने भनिएको एसिया कप क्रिकेट प्रतियोगिता आयोजनाका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले अगाडि सारेको ‘हाइब्रिड मोडल’लाई हालसम्म तीन देशका क्रिकेट बोर्डले अस्वीकार गरेका छन् । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले त निकैअघि एसिया कप पाकिस्तानमा नभई अन्य कुनै देश (न्यूट्रल भेन्यू)मा खेलाउने पर्ने माग राख्दै आएको छ ।

तर, पीसीबी भने कुनै पनि हालतमा प्रतियोगिता आफ्नै देशमा आयोजना हुनुपर्ने अडानमा छ । यसका लागि पीसीबीले एसियाली क्रिकेट काउन्सिल (एसीसी)समक्ष प्रतियोगिता आयोजनाको विभिन्न संरचना अगाडि सारेको छ । त्यसैमध्ये एक हो, ‘हाइब्रिड मोडल’ ।

तर, पछिल्लो समय बंगलादेश क्रिकेट बोर्ड, श्रीलङ्का क्रिकेट बोर्ड र अफगानिस्तान क्रिकेट बोर्डले पनि पीसीबीले अगाडि सारेको ‘हाइब्रिड मोडल’लाई अस्वीकार गरेका छन् । पीसीबीले भने प्रतियोगिता आफ्नो देशभन्दा बाहिर (न्यूट्रल भेन्यू)मा आयोजना भए पाकिस्तानले एसिया कपमा भाग नलिने बताउँदै आएको छ ।

पीसीबीका अध्यक्ष नजाम सेठीले पनि आफ्नो देशभन्दा बाहिर आयोजना गरिए पाकिस्तानले एसिया कपमा सहभागिता नजनाउने बताएका छन् । यस्तो विसम परिस्थितमा एसियाकपको विषयलाई लिएर अर्को आङ्कलन सुरु भएको छ । पछिल्लो समय यो वर्ष हुने भनिएको एसिया कप नै रद्द गरिने सम्भावना बढेको समाचारहरु प्राप्त भएका छन् ।   

यदि एसिया कप रद्द भएमा बीसीसीआईले अर्को वहुराष्ट्रिय प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको पनि समाचारमा जनाइएको छ । भारतीय समाचार संस्था प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई)ले एसीसी सूत्रलाई उद्धृत गर्दै यो वर्षको एसिया कप नै रद्द गर्ने तयारी भइरहेको समाचार प्रवाह गरेको छ ।

पीटीआईका अनुसार, एसिया कपको सट्टा बीसीसीआई ५० ओभरको अर्को प्रतियोगिता आयोजना गर्ने तयारीमा छ । आगामी अक्टोबर—नोभेम्बरमा भारतमै आयोजना हुने एक दिवसीय विश्वकपको तयारी स्वरूप उक्त प्रतियोगिता आयोजना गर्न लागिएको दाबी पीटीआईको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य