२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

नेपाल राष्ट्र बैंकले गर्यो वाणिज्य बैंकहरूको मर्जरमा कडाइ

२४ जेष्ठ २०८०, बुधबार ०३:०५

जेठ २४, काठमाडौं | नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको मर्जर तथा एक्विजिसनमा कडाइ गरेको छ । मंगलबार केन्द्रीय बैंकले मर्जर तथा एक्विजिसनको समयसीमा लगाएर नीतिमा कडाइ गरेको हो ।

राष्ट्र बैंकले एकीकृत निर्देशिका संशोधन गर्दै मर्जर तथा एक्विजिसन प्रक्रिया पूरा गरेर आगामी असारभित्र एकीकृत कारोवार गरिसक्ने वाणिज्य बैंकहरूलाई विभिन्न सुविधा दिएको छ।

राष्ट्र बैंकले यसअघि २०७९ पुसभित्र एकीकृत कारोबार गरेमा मात्रै मर्जरको सुविधा पाउने नीति ल्याएको थियो । सोही व्यवस्थाअनुसार केही बैंकले मर्जरमा गएपछि विभिन्न सुविधाहरू लिंदै आएका छन् ।

राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार असार मसान्तभित्रमा मर्जरमा जाने वाणिज्य बैंकहरूले विभिन्न प्रकारका सुविधा पाउनेछन् । ुवाणिज्य बैंकहरू एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्न नसकेको अवस्थामा २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा एकीकृत कारोबार सञ्चालन गरेको मितिबाट तोकिएको सुविधा तथा छुट प्रदान गरिनेछ एकीकृत निर्देशिका संशोधन गर्दै राष्ट्र बैंकले भनेको छ।

२००० असारसम्म एकीकृत कारोबार गरेका वाणिज्य बैंकले तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने राष्ट्र बैंकले जनाएको छ। यस्तै, सञ्चालक समितिका सदस्य र उच्चपदस्थ कर्मचारी पदबाट हटेको कम्तिमा ६ महिना व्यतीत नभई राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट दिने व्यवस्था पनि थप भएको छ ।

निर्देशनअनुसार एकीकृत कारोबार सञ्चालन गरेको मितिमा कर्जा निक्षेप अनुपातले सीमा नाघेको अवस्थामा सो नियमित गर्न ६ महिनाको समय प्रदान गरिनेछ । यो समाचार कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य