२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

शरणार्थी प्रकरणमा थुनछेक बहस: ‘दुलाल र भण्डारी नाइके होइनन्, पीडित हुन्’

२५ जेष्ठ २०८०, बिहीबार ०६:२३

जेठ २५, काठमाडौँ | नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने धन्दामा संलग्न गिरोहका नाइके भनिएका केशव दुलाल र सानु भण्डारी स्वयं पीडित रहेको दाबी उनीहरूका वकिलले गरेका छन्। शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा भण्डारी, दुलालसहित ३० जनाविरुद्ध दायर मुद्दामा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस चलिरहेको छ। इजलासमा बुधबारदेखि प्रतिवादीका तर्फबाट प्रतिरक्षा बहस सुरु भएको छ। प्रतिवादी दुलाल र भण्डारीका निजी वकिलले उनीहरू ठगीमा संलग्न भएको आरोपमा सत्यता नभएको दाबी गर्दै उल्टै पीडित रहेको दलिल पेस गरे।  

‘केशव दुलाललाई कारबाही हुन्छ भने ठगीमा होइन, भुटानी शरणार्थी बनेर अमेरिका जान खोजेको कसुरमा गर्नुपर्छ,’दुलालको पक्षबाट प्रतिरक्षा बहस गर्दै वरिष्ठ अधिवक्ता विश्वास आचार्यले भने, ‘ठगी कार्यमा उनको कुनै संलग्नता छैन।’ यो प्रकरणमा दुलालले कसैसँग रकम नलिएको दाबी गर्दै आचार्यले भने, ‘सन्देश शर्माबाहेक बयानमा कसैले पनि केशव दुलाललाई पोलेका छैनन्। उनले कसैलाई ठगेर रकम लिएको प्रमाण पनि छैन। जाहेरीमा नाममात्रै उल्लेख छ।’ 


यस्तै अधिवक्ता आचार्यले दुलालले कुनै कागज किर्ते नगरेको दाबी गर्दै दबाबका आधारमा सरकारी कागजात किर्तेमा मुद्दा चलाइएको बताए। ‘गृह मन्त्रालयका कागजमा कहाँ एक्सेस छ उनलाई ? एक्सेस नै नभएको मानिसले कसरी सरकारी कागजात किर्ते गर्नसक्छ ?’ उनले भने। आचार्यले भुटानी शरणार्थी प्रकरण संगठित अपराध हो भने आपराधिक समूहको नाम र संस्थापक को हो भन्ने अभियोजनपत्रमा नखुलेको दाबी गरे।  

दुलालकै पक्षमा प्रतिरक्षा बहस गर्दै अर्का वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारीले मिडियाबाजी र अफवाहले मुद्दा निर्देशित हुन नहुने भन्दै अदालतले प्रमाण हेर्नुपर्ने बताए। ‘अभियोग लगाएर मात्रै हुँदैन, प्रमाण पनि पेस गर्न सक्नुपर्छ’, उनले भने, ‘सुन्नलाई रमाइलो भए पनि यो अभियोग प्रमाणित हुन सक्ने अवस्था छैन।’

यस्तै अधिवक्ता विकास भट्टराईले दुलाल पत्नीलाई क्यान्सर भएकाले अमेरिका गएर उपचार गराउन सहज हुने भएकाले नक्कली भुटानी शरणार्थी बनेर उतै जान चाहेको दाबी गरे। यसकारण अमेरिका जान पैसा बुझाएका दुलाल स्वयं पीडित भएको जिकिर भट्टराईले गरे। ‘केशव दुलालले आफूले दिएको रकम फिर्ता माग्दा उल्टो धम्की पाएका छन्। आफै ठगिएको व्यक्तिले संगठित अपराध गरेको कसरी पुष्टि हुन्छ ?’ भट्टराईले प्रश्न गरे।  

यस्तै सानु भण्डारीको पक्षमा प्रतिरक्षा बहस गरेका वकिलहरूले पनि उनी स्वयं पीडित रहेको दाबी गरे। अधिवक्ता विनोद शर्माले करोडौं रकम ठगी गर्ने गिरोहको नाइके भनिएका भण्डारीको आफ्नै घरजग्गा बैंकले लिलाम गर्न लागेको बताए। ‘२८ करोड रूपैयाँ ठग्ने मान्छेले दुईचार करोड त गोजीमा हालेको हुनुपर्ने होइन र ? उसैको घरजग्गा लिलाम हुने अवस्था आउँछ होला ?’ अधिवक्ता शर्माले भने, ‘उनको त आफ्नै घरजग्गा पनि लिलाम हुँदैछ। बैंकको सूचना इजलासमा पेस पनि गरिसकेका छौं।’ उनले जाहेरवाला नै अपराधमा संलग्न रहेको दाबी गरे।  

अधिवक्ता शर्माले यस प्रकरणमा भण्डारीले चारजनासँग मात्रै पैसा लिएको स्वीकार्दै त्यो रकम बैंकिङ कारोबारबाटै फिर्ता गरेको दाबी गरे। यसरी पीडित मान्छेलाई राज्यले फसाउन खोजे आत्महत्या गर्नुपर्ने अवस्था आउने उनले बताए। भण्डारीविरुद्ध जाहेरी दिने अधिकांशलाई स्वयं उनैले नचिनेको दाबी गर्दै अधिवक्ता शर्माले भने, ‘अनुसन्धानका क्रममा पनि सानु भण्डारीले आत्मदाह गर्न बाध्य नपारियोस् भनेका छन्। चिन्दै नचिनेका मान्छेले पैसा खायो भन्दै जाहेरी दिएपछि सानु भण्डारीले आत्मदाह नगरे के गर्छन् त ?’  यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य