२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

सन्दीपको मुद्दामा क्षतिपूर्तिको उल्झन: १० लाखको माग अस्वीकारपछि गौशला २६ द्वारा ३६ हजारको बिल पेश

२०८०, २६ जेष्ठ शुक्रबार १०:४८

जेठ २६,  काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दालाई फास्ट ट्रयाकमा लगेर छिटो फैसला सुनाउन सर्वोच्च अदालतले जिल्ला अदालतलाई निर्देशन दिएको तीन महिना नाघिसक्यो । तर, सर्वोच्चको सो निर्देशनयता मुद्दा एक कदम पनि अगाडि बढ्न सकेको छैन ।

जिल्ला अदालतका न्यायाधीशहरुले विभिन्न बहाना गरेर मुद्दाको फैसला टारिरहेका छन् । उनीहरुले बनाएको बहानामध्ये एउटा हो, अन्तरिम राहतका लागि जाहेरीकर्ता गौशाला २६ को तर्फबाट आएको निवेदन । यही निवेदनलाई देखाएर न्यायाधीशहरुले एकपछि अर्को सुनुवाइ स्थगन गरेका छन् । अन्तरिम राहतको विषय टुंग्याएपछि मात्रै मूल मुद्दामा प्रवेश गर्न सकिने भनेर पछिल्लो सुनुवाइ पनि स्थगित भएको थियो ।

तत्काल फैसला आउने स्थिति नदेखेपछि आरोपित सन्दीप लामिछानेले नै पेशी डेढ महिना सार्न निवेदन दिए । अदालतको तारेखका कारण दक्षिण अफ्रिका र जिम्बावे टुरमा जान नसक्ने अवस्था आएपछि उनले केही समय ग्याप राख्न निवेदन दिएका हुन् । सन्दीपको आग्रह स्वीकार्दै सर्वोच्चले अबको साधारण तारेख असार २९ लाई मात्रै तोकेको छ । त्योभन्दा अगाडि क्षतिपूर्तिको निवेदनबारे निर्णय लिइने बताइएको छ ।

गौशाला २६ ले सुरुमा सन्दीपबाटै क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै जिल्ला अदालतमा निवेदन दिएकी थिइन् । स्रोतका अनुसार क्षतिपूर्तिस्वरुप १० लाख रुपैयाँ एकमुष्ट र मासिक ५० हजार भरणपोषण खर्च सन्दीपले दिनुपर्ने उनको माग थियो । तर, उक्त मागदाबीलाई जिल्ला अदालतले अस्वीकार गर्‍यो । मुद्दा फैसला हुने चरणमा रहेको र फैसलामा यो विषय स्वतः निरुपण हुने भन्दै न्यायाधीशले तत्काल क्षतिपूर्ति दिलाउन अस्वीकार गरेका थिए । पाटन उच्च अदालतले पनि क्षतिपूर्तिका विषयमा कुनै आदेश दिएको थिएन ।

तर, थुनछेक आदेशसम्बन्धी फैसलाको पुनरावेदनमा सर्वोच्च अदालतले गौशालालाई पीडित राहत कोषबाट अन्तरिम क्षतिपूर्ति दिन आदेश दिएको छ । सर्वोच्चको सोही आदेश लिएर फेरि गौशाला २६ का तर्फबाट जिल्ला अदालतमा अर्को निवेदन दर्ता गराइएको हो । यो निवेदनमा भने क्षतिपूर्तिको रकम खुलाइएको थिएन ।

यौन हिंसाका घटनामा पीडितलाई घाउचोट लागेको भए तत्काल उपचार गराउन सरकार मातहतको पीडित राहत कोषबाट केही रकम दिन सकिने कानूनी व्यवस्था रहेको छ । त्यसैबमोजिम सर्वोच्चले आदेश दिएको हो । गौशलाको दोस्रो निवेदनमा जिल्ला अदालतले उनलाई उपचार खर्चको बिल भर्पाइ पेश गर्न आदेश दियो । स्रोतका अनुसार गौशाला २६ का वकिलहरुले करिब ३६ हजार रुपैयाँको मात्रै बिल तयार गर्न सकेका छन् । त्यो पनि घाउचोटको उपचारको नभएर मनोपरामर्श सेवा लिएवापतको बिल पेश गरिएको स्रोत बताउँछ ।

मनोपरामर्शदातासँग एउटा भिजिटको ३ हजार रुपैयाँका दरले १० वटा भिजिटको ३० हजार र औषधिको ६ हजार जतिको बिल पेश गरिएको छ । ती बिलहरु सर्वोच्चले क्षतिपूर्तिको आदेश दिएपछि बनाइएका थिए । उक्त बिलमा पनि विश्वास नगरेर जिल्ला अदालतले डाक्टरको विस्तृत रिपोर्ट मगाएको छ । गौशाला २६ का वकिलहरुले डाक्टरको रिपोर्ट ल्याउन नसकेकाले निवेदनको पेशी नतोकिएको स्रोतले बतायो ।

सन्दीप जिम्बावेबाट असार २४ मा फर्किनेछन् । त्योभन्दा अगाडि क्षतिपूर्ति सम्बन्ध विषय टुंगो लागेर २९ गतेको सुनुवाइबाट फैसला आउने उनको अपेक्षा छ । -नेपाल प्रेसबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते