२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

मदिरा र ‘गोत्र’ले लोपोन्मुख घुमन्ते राउटे समुदायको संख्या घट्दै

२०८०, २७ जेष्ठ शनिबार ०३:०२

जेठ २७, काठमाडौँ | लोपोन्मुख घुमन्ते राउटेको जनसंख्या घट्दो क्रममा छ । तत्कालीन जिल्ला विकास समिति सुर्खेतले पहिलो पटक २०७१ चैतमा राउटे समुदायका मानिसको फोटोसमेत खिचेर गणना गरेको थियो । त्यसबेला राउटेको सङ्ख्या १८४ थियो । अहिले त्यो सङ्ख्या घटेर १४१ मा भएको छ । राउटे समुदाय परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्दैनन् । राउटे समुदायमा एउटी महिलाले १८ वटासम्म बच्चा जन्माएको उदाहरण छ । यति हुँदाहुँदै पनि राउटेको सङ्ख्या किन घट्दै  गएको छ त ? धेरैले मदिरा सेवनलाई यसको मुख्य कारण मान्छन् । मदिरासँगै राउटे समुदायको संख्या घट्नुको अर्को कारण 'गोत्र' सँग जोडिएको छ ।

राउटे समुदायका तीनवटा गोत्र छन्- रास्कोटी, स्ववंशी र कल्याल । राउटेको आफ्नै गोत्रमा बिहेवारी चल्दैन । रास्कोटी, स्ववंशी र कल्याल गोत्रबीच एक-अर्कासँग विवाह हुन्छ । यो समुदायमा कल्यालको संख्या अधिक छ । स्ववंशी र रास्कोटीको संख्या न्यून छन् । कल्यालको संख्या धेरै हुँदा यो गोत्रका उमेर पुगेका युवक-युवतीको विवाह हुन मुस्किल भएको छ । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते