२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

बाह्य क्षेत्रको दबाबले विगत डेढ वर्षयता चापमा परेको अर्थतन्त्रमा सुधारको सङ्केत

२७ जेष्ठ २०८०, शनिबार ०३:११

जेठ २७, काठमाडौँ | बाह्य क्षेत्रको दबाबले विगत डेढ वर्षयता चापमा परेको अर्थतन्त्रमा सुधारका सङ्केत देखिन थालेका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९-८० को १० महिना (वैशाख) सम्मको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले मुद्रास्फीति, विपे्रषण, चालु खाता तथा शोधनान्तर स्थितिमा सुधार आएको उल्लेख गरेको हो । 

प्रतिवेदन अनुसार वैशाखमा उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ जुन् २०७९ वैशाखमा ७.८७ प्रतिशत थियो । एक वर्षको अन्तरमा मुद्रास्फीति केही घटेको पाइएको हो । त्यस्तै वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । 

खाद्य समूह अन्तर्गत सबैभन्दा धेरै मरमसलाको २६.६१ प्रतिशत र गैर खाद्य समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको सबैभन्दा धेरै १५.७५ प्रतिशतले मूल्यवृद्धि भएको छ । क्षेत्रगत हिसाबले काठमाडौँ उपत्यकामा ७.६८ प्रतिशत, तराईमा ७.१५ प्रतिशत, पहाडमा ७.५७ र हिमालमा ७.१२ प्रतिशत मुद्रास्फीति रहेको छ । 

समीक्षा अवधिमा नेपाल भित्रने विप्रेषणमा उल्लेख्य वृद्धि भएको छ । राष्ट्र बैङ्कका अनुसार वैशाखसम्म विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेर १० खर्ब पाँच अर्ब १८ करोड पुगेको छ । अघिल्लो आवको वैशाखसम्म आप्रवाह ०.५ प्रतिशतले मात्र बढेको थियो । अमेरिकी डलरमा भने विपे्रषण १३.४ प्रतिशतले बढेर सात अर्ब ७० करोड डलर पुगेको छ ।  यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य