२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

बैंकमा पैसाको थुप्रै : किन लिँदैन निजी क्षेत्रले कर्जा ?

३० जेष्ठ २०८०, मंगलवार ०३:०५

जेठ ३०, काठमाडौँ | वर्षको सुरुमा बैंकबाट ऋण नपाएको निजी क्षेत्रको गुनासो सुनिने गर्थ्यो। निजी क्षेत्रका कतिपय अगुवाहरूले बैंकमा पैसा हुँदाहुँदै पनि कर्जा नपाएको भन्दै आक्रोश पोख्थे । बैंकहरूसँग

पर्याप्त पैसा (लगानीयोग्य रकम / तरलता) नभएकाले उनीहरूले सहजै कर्जा पाउने अवस्था थिएन । तर, अहिले अवस्था उल्टोजस्तै भएको छ। अहिले बैंक तथा वित्तीय संस्थासँग लगानीयोग्य रकम सहज अवस्थामा आइपुगेको छ, तर निजी क्षेत्रले कर्जा उठाएको छैन।

बैंकहरूमा २ खर्ब ७० अर्ब रुपैयाँ तरलता रहँदा पनि निजी क्षेत्रले कर्जा नउठाउँदा बैंकमा पैसा थुप्रिन थालेको छ। यसलाई परिचालन गर्न बैंकहरूले विभिन्न अफर सार्वजनिक गर्न थालेका छन्। बैंक तथा वित्तीय संस्थाहरूमा ३ खर्ब ७० अर्व ७८ करोड रुपैयाँ निक्षेप संकलन भएको छ, जुन गत असारको तुलनामा ७.३ प्रतिशतको वृद्धि हो । 

गत साउनदेखि वैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाले १ खर्व ५३ अर्व १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत असारको तुलनामा यो ३.३ प्रतिशतको वृद्धि हो ।

बैंकमा पैसा थुप्रिंदा पनि निजी क्षेत्रले किन कर्जा उठाउन चाहेको छैन ? अहिले यो प्रश्न उठ्न थालेको छ। निजी क्षेत्रले कर्जाको माग नै नगरेको बैंकरहरूले बताइरहेका छन् । उद्योगी व्यवसायीहरूले भने विभिन्न समस्या देखाउँदै कर्जा माग गर्न नसकेको बताइरहेका छन् । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले अहिले अर्थतन्त्रमा आएको सुस्तताका कारण बजारमा वस्तुको माग नै नभएपछि उद्योगी व्यवसायीले कर्जाको माग नगरेको बताए। “विगतमा १०० वटा वस्तुको माग थियो, अहिले ५० वटा वस्तुको पनि मुस्किलले माग छ” उनी भन्छन्, “यस्तो अवस्थामा कर्जा लिएर मात्रै के गर्ने ? व्यवसायीहरूले ऋण लिनका लागि उपयुक्त समय पर्खिएर बसेका छन्।” 

अहिले बजारमा वस्तुको माग नहुँदा उत्पादन पनि घटाउनु परेकाले कर्जा नलिएको उनले बताए । अहिले व्याजदर पनि घट्दो क्रममा रहेको भन्दै उनले अब विस्तारै बजारमा वस्तुको माग पनि बढ्छ कि भन्ने आशा रहेको सुनाए। बजारमा माग सिर्जना भएको अवस्थामा कर्जाको माग बढ्न सक्ने अध्यक्ष अग्रवालको अनुमान छ। यो समाचार कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य