२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

बैंकमा पैसाको थुप्रै : किन लिँदैन निजी क्षेत्रले कर्जा ?

२०८०, ३० जेष्ठ मंगलवार ०३:०५

जेठ ३०, काठमाडौँ | वर्षको सुरुमा बैंकबाट ऋण नपाएको निजी क्षेत्रको गुनासो सुनिने गर्थ्यो। निजी क्षेत्रका कतिपय अगुवाहरूले बैंकमा पैसा हुँदाहुँदै पनि कर्जा नपाएको भन्दै आक्रोश पोख्थे । बैंकहरूसँग

पर्याप्त पैसा (लगानीयोग्य रकम / तरलता) नभएकाले उनीहरूले सहजै कर्जा पाउने अवस्था थिएन । तर, अहिले अवस्था उल्टोजस्तै भएको छ। अहिले बैंक तथा वित्तीय संस्थासँग लगानीयोग्य रकम सहज अवस्थामा आइपुगेको छ, तर निजी क्षेत्रले कर्जा उठाएको छैन।

बैंकहरूमा २ खर्ब ७० अर्ब रुपैयाँ तरलता रहँदा पनि निजी क्षेत्रले कर्जा नउठाउँदा बैंकमा पैसा थुप्रिन थालेको छ। यसलाई परिचालन गर्न बैंकहरूले विभिन्न अफर सार्वजनिक गर्न थालेका छन्। बैंक तथा वित्तीय संस्थाहरूमा ३ खर्ब ७० अर्व ७८ करोड रुपैयाँ निक्षेप संकलन भएको छ, जुन गत असारको तुलनामा ७.३ प्रतिशतको वृद्धि हो । 

गत साउनदेखि वैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाले १ खर्व ५३ अर्व १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत असारको तुलनामा यो ३.३ प्रतिशतको वृद्धि हो ।

बैंकमा पैसा थुप्रिंदा पनि निजी क्षेत्रले किन कर्जा उठाउन चाहेको छैन ? अहिले यो प्रश्न उठ्न थालेको छ। निजी क्षेत्रले कर्जाको माग नै नगरेको बैंकरहरूले बताइरहेका छन् । उद्योगी व्यवसायीहरूले भने विभिन्न समस्या देखाउँदै कर्जा माग गर्न नसकेको बताइरहेका छन् । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले अहिले अर्थतन्त्रमा आएको सुस्तताका कारण बजारमा वस्तुको माग नै नभएपछि उद्योगी व्यवसायीले कर्जाको माग नगरेको बताए। “विगतमा १०० वटा वस्तुको माग थियो, अहिले ५० वटा वस्तुको पनि मुस्किलले माग छ” उनी भन्छन्, “यस्तो अवस्थामा कर्जा लिएर मात्रै के गर्ने ? व्यवसायीहरूले ऋण लिनका लागि उपयुक्त समय पर्खिएर बसेका छन्।” 

अहिले बजारमा वस्तुको माग नहुँदा उत्पादन पनि घटाउनु परेकाले कर्जा नलिएको उनले बताए । अहिले व्याजदर पनि घट्दो क्रममा रहेको भन्दै उनले अब विस्तारै बजारमा वस्तुको माग पनि बढ्छ कि भन्ने आशा रहेको सुनाए। बजारमा माग सिर्जना भएको अवस्थामा कर्जाको माग बढ्न सक्ने अध्यक्ष अग्रवालको अनुमान छ। यो समाचार कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण