८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

पिपलसँगै ढल्यो मन पनि

३२ जेष्ठ २०८०, बिहीबार ०५:४७

जेठ ३२, चितवन | पश्चिम चितवनको पटिहानी, धनौजी चोकको पिपलको रुख अब स्मृतिमा सीमित भएको छ । स्थानीय अपिल घिमिरेको आँगन छोएर अडिएको पिपलको रुख ढल निर्माण गर्ने क्रममा एक्साभेटरले उखालिँदा घिमिरेको मन पीडाले भतभती पोल्यो । 

उनले त्यो रुख नकाट्न अनेक प्रयत्न गर्नुभयो तर जोगाउन सकेनन्। श्रद्धापूर्वक शिर निहुराउँदै उहाँले पिपलसँग अन्तिम पटक भने, “मलाई माफ गर्नू, मेरो एक्लो चित्कार कसैले सुनेनन् । तिमी रोएको कसले बुझिदिने ? मैले जोगाउन सकिनँ, दुवै हात जोडेर क्षमा माग्छु ।” 


 वर्षौंदेखि छहारी दिँदै आएको पिपलको रुख मङ्गलबारदेखि स्थानीयको सम्झनामा मात्र रह्यो ।  वर्षौं अघिदेखि घरअघि ठडिएको पिपलसँग उहाँको परिवारको मात्र होइन, सिङ्गो समाजकै धार्मिक, सांस्कृतिक आस्थासँग जोडिएको थियो । उनका पितापुर्खाले कैयौँ सप्ताह र पुराण त्यही पिपल साक्षी राखेर लगाए । त्यसै पिपललाई साक्षी राखेर छोराछोरीको धार्मिक अनुष्ठान पूरा गरिएको थियो । गाउँका ज्येष्ठ नागरिक त्यही पिपलमुनि बसेर गफिन्थे । घिमिरेले सबै कुरा अब बिलाएको गुनासो गरे । 

उखरमाउलो गर्मीमा छहारी प्रदान गरेर साथ दिने वरपिपल, समीलगायतका बिरुवा अब गाउँघरका चोकबाट क्रमशः कटान हुँदै गएका छन् । सहरीकरण र विकाससँगै ती रुख नासिने क्रम बढ्दो छ ।

वनस्पतिविज्ञ रघुराम पराजुलीले अक्सिजनको मुख्य स्रोत मानिने पिपल अचेल घरबस्तीमा पाइन छाड्नु भाबी पुस्ताकै लागि चिन्ताको विषय रहेको बताए । “गर्मी छल्न छहारीको विकल्पमा विद्युतीय पङ्खा, एसी आदि प्रयोग बढेको छ,” उनले भने, “उतिबेला वरपिपल र समीको चौतारीमा बस्न पाउँदा रमाइलो हुन्थ्यो । सबैको जमघटको थलो नै चौतारी हुन्थ्यो । तर विकासका नाममा तिनै वरपिपल मासिँदै गए ।”

गाउँघरमा रुख रोप्दा समृद्धि छाउने भएकाले तिनलाई भगवान्को प्रतीकका रूपमा पूजा गरिन्थ्यो ।  ती चौतारीमा यात्रुले ज्यानसँगै मन बिसाउने थलो हुन्थ्यो। यो समाचार गोरखापत्र दैनिकमा छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा