२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

शल्यक्रिया गर्दा चिकित्सकले पेटमै कपास राखेर सिलाइदिएपछि हिँड्डुल गर्न नसक्ने अवस्थामा रिंकुकुमारी

२०८०, ३२ जेष्ठ बिहीबार ०६:२२

जेठ ३२, काठमाडौँ | महोत्तरीको गौशाला नगरपालिका– १० बटौवा टोलका अजयकुमार महतोले श्रीमतीको उपचारमा गम्भीर लापरबाही गर्ने चिकित्सकविरुद्ध कारबाही गर्न माग गर्दै प्रहरी प्रशासन गुहारेका छन् । तर, प्रहरी प्रशासनले जाहेरी दर्ता नगरिदिँदा उनी चिन्तामा परेका छन् ।

अजयले श्रीमती रिंकुकुमारी सिंहको शल्यक्रिया गर्ने प्रादेशिक अस्पताल सिराहाका चिकित्सक डा. तेजशंकर यादवमाथि कारबाहीको माग गर्दै २५ जेठमा जिल्ला प्रहरी कार्यालय सिराहामा किटानी जाहेरी दिएका छन् । रिंकुको शल्यक्रिया गर्ने क्रममा डा. यादवले गम्भीर लापरबाही गरेका रहेछन् । सर्जरी गर्ने क्रममा गज पिसको रगतले लत्पतिएको कपासको डल्ला बाहिर ननिकाल्दै सिलाइएको रहेछ । रगत लागेको कपास पेटभित्रै हुँदा कुहिएर उनको आन्द्रामा असर गर्‍यो । जसकारण फेरि शल्यक्रिया गरी उनको ३१ सेन्टिमिटर आन्द्रा काटेर फालिएको छ । जसकारण अहिले रिंकु हिँड्डुल गर्ने अवस्थामा छैनन् । शल्यक्रियाका क्रममा चिकित्सकले गरेको लापरबाहीले आफ्नी श्रीमतीलाई जीवनभर मानसिक तनाव हुन सक्ने भन्दै कारबाही र क्षतिपूर्तिको माग गरेको अजयले बताए ।

रिंकुकुमारीका श्रीमान् भन्छन्, सात महिनाको बच्चा र श्रीमतीको हेरचाहको जिम्मेवारी ममाथि छ । एकातिर न्यायको लडाइँमा छु । अर्कोतिर श्रीमती र बच्चाको केयर गर्नुपर्छ । प्रहरीले जाहेरी दर्ता नगर्दा अन्याय महसुस भइरहेको छ ।

तर, एक साता पुग्न लाग्दा पनि प्रहरीले जाहेरी दर्ता गरेको छैन । जिल्ला प्रहरी कार्यालय सिराहाका अपराध अनुसन्धान शाखाका इन्चार्ज रामचन्द्र साहले चिकित्सा क्षेत्रको विषय भएकाले जाहेरी दर्ता नगरे पनि आवश्यक अनुसन्धान गरिरहेको दाबी गरे । प्रादेशिक अस्पतालबाट बुझ्ने र शल्यक्रिया गर्ने चिकित्सकलाई बोलाएर सोधपुछको काम भइरहेको भन्दै उनले घटना सम्बन्धमा थप प्रस्ट भएपछि जाहेरी दर्ता गरिने जानकारी दिए ।

शल्यक्रिया गर्ने डा. तेजशंकर प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्रप्रसाद यादवका भतिजा हुन् ।  उनी अहिले भतिजा जोगाउन अर्कै डाक्टरलाई फसाउन लागिपरेका छन् । प्रहरीले प्रादेशिक अस्पताल सिराहालाई पत्र पठाउँदै बिरामीको शल्यक्रिया गर्ने चिकित्सकको नाम मागेको थियो । प्रादेशिक अस्पताल सिराहाले २८ जेठमा जिल्ला प्रहरी कार्यालय (अपराध अनुसन्धान शाखा) लाई च.नं. ३३६ मार्फत पठाएको पत्रमा सर्जरी डा. राकेश सिंहले गरेको उल्लेख छ । डा. सिंहलाई प्रहरीले सोधपुछ गरेको छ । उनले आफूले रिंकुकुमारीको सर्जरी नगरेको प्रहरीलाई जानकारी गराएको नयाँ पत्रिकालाई बताए । ‘जिल्ला प्रशासन कार्यालयमा पनि निवेदन दिएको छु,’ डा. सिंहले भने, ‘मैले रिंकुको सर्जरी गरेको छैन । यसमा मलाई मुछ्न खोजिएको हो । प्रहरीले बोलाएपछि आश्चर्य लाग्यो । मेरो नाम सर्जनमा राखेर फसाउन खोजेको छ । छानबिन हुनुपर्छ ।’ 

रिंकुकुमारी सिंहको सर्जरी डा. तेजशंकर यादवले गरेको अस्पतालको कागजातबाट पुष्टि हुन्छ । ‘गाइने÷ओब्स’ रजिस्ट्ररमा ७८ नम्बरमा रिंकुको नाम र सर्जरी गरेको चिकित्सक, असिस्ट गरेको अर्को चिकित्सक र अप्रेसनमा सहभागी स्वास्थ्यकर्मीको नाम उल्लेख छ । जसअनुसार रिंकुको सर्जरी डा. तेजशंकर यादव (रजिस्ट्ररमा छोटोमा अंग्रेजीमा टिएसवाई) लेखिएको छ । असिस्ट गर्ने चिकित्सकमा डा. आरकेएस, सरोज, लालपरी र ममताको नाम उल्लेख छ । डा. तेजशंकर स्त्रीरोग विशेषज्ञ हुन् । मातृ तथा नवजात शिशु सेवा रजिस्ट्ररमा पनि सुत्केरी गराउने स्वास्थ्यकर्मीको नाउँमा डा. तेजशंकर यादव लेखिएको छ । 

प्रादेशिक अस्पताल सिराहाका सूचना अधिकारी अशोककुमार सिंहले रिंकुको शल्यक्रिया प्रादेशिक अस्पतालमै भए पनि कुन चिकित्सकले गरेको हो भन्ने आफूलाई जानकारी नभएको बताएका छन् । यस विषयमा मेसु डा. नागेन्द्रप्रसाद यादवलाई जानकारी हुन सक्ने भन्दै उनी पन्छिए । मेसु डा. यादवसँग कुराकानी गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । यो समाचार नयाँ पत्रिकामा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण