२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

गोङ्गबुमै जानुपर्ने व्यवस्थाले यात्रुलाई अप्ठ्यारो पर्छ : यातायात व्यवसायी

४ असार २०८०, सोमबार ०३:१०

असार ४, काठमाडौँ | काठमाडौँ भित्रिने र बाहिरिने लामो तथा मध्यम दुरीका सवारीसाधन गोङ्गबु बसपार्कबाट मात्रै छुट्ने र रोकिने व्यवस्था व्यावहारिक नभएको भन्दै यातायात व्यवसायी, मजदुर तथा यात्रुले निर्णय पुनर्विचारको माग गरेका छन् । एक बसपार्क नीति अख्तियार गर्ने भन्दै गत वैशाख २९ गते महानगरपालिका प्रमुख बालेन साहको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले गरेको निर्णयमाथि पुनर्विचारको माग गरिएको छ ।

अरनिको यातायात सेवा प्रालिका पूर्वअध्यक्ष एवं महानगरको निर्णयविरुद्ध बनेको सङ्घर्ष समितिका संयोजक केदार क्षेत्रीले कोटेश्वरपूर्वका १२ जिल्लाका यात्रुसँगै साँखु, नाङ्लेभारे र भक्तपुरका यात्रुलाई प्रत्यक्ष असर पर्ने भएकाले निर्णय सच्याउन माग गरे। उनले उपत्यकामा दैनिक साना ठुला चार हजार यात्रुवाहक सवारी भित्रने तथा बाहिरिने भएकाले गोङ्गबु बसपार्कको क्षमता मुस्किलले ७५० वटा बस मात्र अटाउन सक्ने र त्यो क्षमताले नभ्याउने भएकाले महानगरको निर्णय व्यावहारिक नभएको स्पष्ट पारे । बस व्यवस्थापनको नाममा गोङ्गबुमै जानुपर्ने व्यवस्थाले व्यवसायीलाई फाइदा पुग्ने भए पनि यात्रुलाई अप्ठ्यारो पर्ने उनले दाबी गरे ।

उनले एउटा बसपार्कमा सबै यात्रुवाहक सवारीलाई थुपार्नुभन्दा पनि यात्रु ओराल्ने र उकाल्नेसँगै टिकटका लागि कोटेश्वर, चाबहिल र रत्नपार्क क्षेत्रबाट व्यवस्थापन गर्न उपयुक्त हुने सुझाव दिए। यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य