२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

सिँचाइ विभागका पूर्वमहानिर्देशक राजभण्डारीविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा दायर

५ असार २०८०, मंगलवार ०२:५८

असार ५, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका पूर्वमहानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध साढे ३ करोड रुपैयाँबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले राजभण्डारीविरुद्ध सोमवार ३ करोड ५६ लाख ७७ हजार ३ सय ४६ रुपैयाँ विगो, त्यति नै जरिवाना, स्रोत नखुलेको रकमबाट बढेर बढाइएको चलरअचल सम्पत्ति जफत र कैद सजाय मागदावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले सम्पत्ति जफत प्रयोजनका लागि राजभण्डारीकी श्रीमती दीपा श्रेष्ठलाई पनि प्रतिवादी बनाएको छ ।

अख्तियारले करिब २८ वर्ष सरकारी सेवामा रहेका राजभण्डारीको २०५१ फागुनदेखि २०७९ भदौ मसान्तसम्मको चलअचल सम्पत्तिवारे अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा ७ करोड ७२ लाख २९ हजारबराबरको आर्थिक कारोवार गरेको र त्यसमध्ये ३ करोड ५६ लाख ७७ हजारबराबर सम्पत्तिको स्रोत नखुलेपछि त्यसलाई नै बिगो कायम गरेर मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

बिगो कायम गरिएको घरजग्गाको मूल्य मालपोतमा उल्लेख गरिएको न्यून मूल्यांकन अनुसार भएकोले यसको अहिलेको बजार मूल्य करोडौं रुपैयाँबराबर हुन आउँछ। भ्रष्टाचारबाट आर्जित सम्पत्ति राजभण्डारीले घरजग्गा खरिद, घर निर्माण, विभिन्न कम्पनीमा लगानी, बीमा प्रिमियम भुक्तानीमा लगानी गरेको देखिएको छ । यो समाचार कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य