२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

डेढ दर्जन कानुन र नीतिमा शिक्षा मन्त्रालयले गर्‍यो सुधार

८ असार २०८०, शुक्रबार ०२:००

असार ८, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ मा शिक्षासम्बन्धी डेढ दर्जन नीतिगत र कानुनी सुधार गरेको छ । चार मन्त्रीले कार्यकाल सम्हालेको सो आर्थिक वर्षमा शिक्षा क्षेत्रमा महत्वपूर्ण सुधार भएको देखाइएको छ ।

सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनमा शिक्षा क्षेत्रमा गरिएको सुधारको विषय उठान गरिएको छ । प्रतिवेदनमा शिक्षामा आमूल परिवर्तन र समसामयिक सुधार गर्न शिक्षाको सोचपत्र–२०७९ जारी गरिएको उल्लेख छ । सो अवधिमा मदन भण्डारी विज्ञान तथा प्रविधि शिक्षा ऐन, विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक जारी गरिएको छ ।


सो आ.व.मा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र वर्तमान मन्त्री अशोककुमार राईले वागडोर सम्हालेका थिए ।

वार्षिक प्रतिवेदनमा विद्यालय शिक्षासम्बन्धी प्राविधिक तथा व्यावसायिक, राष्ट्रिय योग्यता प्रारूप र एकीकृत स्वास्थ्य शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार भएको उल्लेख छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले गत आर्थिक वर्षमा दर्जनौं नीति, ऐन कानुनको मस्यौदा तयार भएको जानकारी दिँदै कतिपय ऐन पारित भएर कार्यान्वयनमा गएको र कतिपय नीति विधेयक पारित भई ऐन बनाउने प्रक्रियामा रहेको बताए ।

गत आ।व।मा शिक्षक सेवा आयोग नियमावलीको ११ औं संशोधन भएको छ । आगामी आ।व।देखि कार्यान्वयन हुनेगरी १० वर्षे विद्यालय शिक्षा क्षेत्र (एसईएसपी २०२२–२०३०) तयार भएको छ । त्यसै गरी उक्त आ.व.मा लेटर ग्रेडिङ निर्देशिका, ‘पढ्दै–कमाउँदै’ कार्यक्रम सञ्चालन निर्देशिका, विपन्न लक्षित छात्रवृति कार्यान्वयन मापदण्ड कार्यान्वयन भएको छ । 

- यो समाचार नेपाल समाचापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य