२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

जब लाग्छ बर्खा तब तात्छन् ठेकेदार

२०८०, ८ असार शुक्रबार ०२:२७

असार ८, काठमाडौँ । आकाशमा कालो बादल मडारिरहेका छ । सडकमा अलकत्रा खसालिँदैछ। वैकल्पिक राजमार्ग (साँखु फटकेश्वर-सहायक बाहुनिपाटी) सडकमा दोस्रो लेयरको कालोपत्रे हुँदै गर्दा सर्वसाधारणको अनुहारमा पनि अन्योलको कालो देखिन्छ ।

पानी परे पिच बिग्रन्छ । सडकमा पोखिएको अलकत्रा र आकाशको कालो बादल देखाउँदै शंखरापुरका नरेश श्रेष्ठ भन्छन्, 'यही बर्खामा काम नसके ठेकेदारको हिसाब विग्रन्छ ।'

शंखरापुरको जस्तै कथा गोकर्णेश्वरमा पनि देखिन्छ । मनसुन सुरु भएसँगै गोकर्णेश्वर नगरपालिका १ नयाँपाटी पुल क्षेत्रमा कालोपत्रका लागि अलकत्रा हालिएको छ । शनिबार बेलुका निर्माण व्यवसायीले अलकत्रा हाल्यो तर त्यही रात ठुलो पानी परेपछि अलकत्रा बग्यो ।

जोरपाटी गोकर्ण सुन्दरीजल सडक विस्तार सुरु भएको आठ वर्षपछि कालोपत्रेको काम सुरु गरिए पनि बर्खा लागिसकेकाले स्थानीय दुःखी छन् । 'आठ वर्षदेखि अलपत्र काम बल्ल सुरु भएको छ, त्यो पनि बर्खा लागेपछि गोकर्णेश्वर नगरपालिकाका मोहन घिमिरे भन्छन्, 'पिच त हुने भयो तर कति दिन टिक्ने हो, कुनै ठेगान छैन ।'

संघीय सरकारले आयोजनाको ठेक्का सम्झौता गरेकाले निर्माण व्यवसायीले स्थानीय सरकारलाई नटेर्दा सडक जीर्ण बन्दै गएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदी बताउँछन् । आर्थिक वर्ष २०७५/७६ मा सक्ने गरी २०७२ सालमा ठेक्का भएको सात किलोमिटर सडक आठ वर्षदेखि अलपत्र छ । 

- यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते