२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

जुम्लाका एक युवाको शव मलेशियामा अलपत्र

११ असार २०८०, सोमबार ०७:४८

असार ११, काठमाडौँ | हिमा गाउँपालिका– १ देवारगाउँका ३२ वर्षीय मयलाल परियारले मलेसियामा ज्यान गुमाएका छन्। असार ९ गते बिहान उनी आफ्नै कोठामा मृत भेटिएका मलेसियामै रहेका देवारगाउँका मृगेन्द्रकुमार शाहीले जानकारी दिए। आर्थिक जोहो गर्न मलेशिया गएका रातो दमाईंका छोरा मयलाल परियार (दमाईं) को शव मलेशियामा अलपत्र परेको हो।

२०७० सालमा साउन १९ गते उनी वैदेशिक रोजगारीका क्रममा नेपालबाट मलेशिया उडेका  थिए। देवारगाउँ घर भएका परियारको असार ८ गते निधन भएको थियो। उनको मृत्युबारे ९ गते मात्रै थाहा भएको मलेशियामा बस्दै आएका शाहीले जानकारी दिए।


शाहीका अनुसार उनी दिनका सुरक्षा गार्डको रूपमा रहेकाले डिउटीमा गएका थिए। राति कोठाभित्र उनको मृत्यु भएको रहेछ। उनले भने, ‘भोलिपल्ट मात्रै थाहा भएको हो।’

शाहीका अनुसार मृतकको शव अहिले मलेशियाको क्वालालम्पुरस्थित अस्पतालमा रहेको छ। उनको मृत्यु भएको ३ दिन भइसकेको छ। उनको शव नेपाल ल्याउनेबारे कुनै निकायले पहल गरेको देखिएको छैन।

अहिले उक्त शव प्रहरीको सुरक्षामा रहेको शाहीले बताएका छन्। मृतको शव नेपाल ल्याउन सरकारसमक्ष पहल गरिदिन उनले सामाजिक सञ्जालमार्फत अनुरोध गरेका छन्। उनले छिटोभन्दा छिटो शव नेपाल ल्याउन उनले हारगुहार गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य