२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

वैदेशिक रोजगारीमा जाँदा देशभित्रै ठगिन्छन् युवा

१८ असार २०८०, सोमबार ०६:३५

असार १८, काठमाडौँ | वैदेशिक रोजगारीमा जाने श्रमिकको ठूलो सङ्ख्या स्वदेशमै ठगीमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकालाई निःशुल्क कानुनी सहायता दिँदै आएको पिपुल्स फोरमले ११ महिनामा वैदेशिक रोजगारीका नाममा परेका मुद्दामध्ये झन्डै ५४ प्रतिशत मुद्दा नेपालमा हुने ठगीमा परेका पीडितको रहेको जनाएको हो । 


फोरमले चालु आर्थिक वर्षमा निःशुल्क कानुनी परामर्शका लागि दर्ता भएका दुई हजार ८८२ उजुरीमध्ये ५४ प्रतिशत स्वदेशमा ठगीमा परेको र ४६ प्रतिशत विदेशमा अलपत्र परेको, तलब नपाएको, सम्झौता अनुसार फरक काममा लगाएको तथा वैदेशिक रोजगारीका नाममा हुने ठगीका विषयमा हुने गरेको बताएको छ । 

पिपुल्स फोरमका अधिवक्ता सुदीप देवकोटाले रोजगारदाताले राहदानी जफत गरेको, कम तलबका नाममा उजुरी र मुद्दा पर्ने गरेको जानकारी दिए  । उनले वैदेशिक रोजगारीमा नाममा हुने पीडितमध्ये आधा स्वदेशमा नै ठगीमा पर्ने र अन्य विदेशमा पुगेपछि अलपत्र पर्ने, तलब नपाउने धेरै देखिएको जानकारी दिए । 

उजुरी उत्पतिका आधारमा नेपालमा ठगीएको ६१ प्रतिशत, संयुक्त अरब इमिरेट्स (युएई) मा १३ प्रतिशत, साउदी अरबमा १२ प्रतिशत, मलेसियामा छ प्रतिशत र बाँकी कुवेत, कतार, कम्बोडिया तथा अन्य श्रम गन्तव्य रहेका छन् । 

उजुरी दिनेमध्ये व्यक्तिगत ठगी एक हजार ४८२ र संस्थागत ठगी एक हजार चार सय रहेका छन् । फोरमले हालसम्म विभिन्न परियोजनामार्फत नेपालका ७७ जिल्लाका २८ हजार ३०२ वैदेशिक रोजगार पीडितलाई निःशुल्क कानुनी सहायता प्रदान गरेको जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य