२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

किन रोकियो ललितपुरको चक्रपथस्थित निर्माण थालिएको ‘फ्लाइओभर’ को काम ?

२० असार २०८०, बुधबार ०३:५४

असार १९, काठमाडौं | आवश्यक अध्ययन र तयारीबिना ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा निर्माण थालिएको फ्लाइओभर (ग्रेट सेप्रेटेड इन्टरसेक्सन) को काम रोकिएको छ। निर्माणका लागि तयार गरिएको अध्ययन प्रतिवेदन तथा डिजाइन गलत भएपछि फ्लाइओभर निर्माण रोकिएको हो।

निर्माणस्थलमा चक्रपथको कालोपत्रे उप्काइएको छ भने सडकबिचमा राखिएको विभाजक ‘डिभाइडर’ हटाइएको छ। यसैकारण पाँच महिनादेखि सो क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या आउएको छ तर अहिले त निर्माण रोकिएको छ। गत माघ २८ गतेदेखि सो फ्लाइओभर निर्माण सुरु गरिएको थियो।

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले फ्लाइओभर निर्माणक्रममा देखिएको प्राविधिक समस्याका कारण तत्कालका लागि काम रोकिएको बताए । उनले भने, “प्राविधिक समस्या पहिचान र निराकरण नगरी निर्माण अगाडि बढाउन सकिँदैन। भारतबाट प्राविधिक बोलाएर समस्या पहिचान र निराकरण प्रयास भइरहेको छ।”

उनका अनुसार यसअघि निर्माण कम्पनीले तयार गरेको अध्ययन प्रतिवेदन र डिजाइनमा समस्या देखिएको हो। इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) मोडलमा सो फ्लाइओभर निर्माण सुरु गरिएको थियो। यस मोडेलअनुसार निर्माण कम्पनीले नै आयोजनाको ‘सर्वे, डिजाइन र कमिसनिङ’ गर्नुपर्ने हुन्छ। 

महानिर्देशक ढकालले समस्या पहिचान तथा समाधान गर्न सडक विभागको प्राविधिक टोलीले पनि काम गरिरहेको छ। अहिले फ्लाइओभरको भौतिक काम रोकिए पनि सोसम्बन्धी अन्य काम भइरहेको उनको भनाइ छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य