२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

एकैपटकमा अर्बौंका ठेक्काको म्याद थपमा चलखेल

२०८०, २२ असार शुक्रबार ०२:४६

असार २२, काठमाडौं । सरकारले विभिन्न ठेकेदार कम्पनीको प्रभावमा परेर अपारदर्शी रूपमा सयौं ठेक्काको म्याद थप गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक सयौं ठेक्काको म्याद थप्ने निर्णय गरेको हो । समयमा काम सम्पन्न नगरी लामो समयदेखि निर्माण कार्य रोक्दै आएका निर्माण व्यवसायीलाई कारबाही गर्नुको साटो उनीहरूकै प्रलोभनमा परेर उल्टो म्याद थप गर्ने कार्य गरिएको हो ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले निश्चित मापदण्ड बनाएर मात्रै ठेक्काहरूको म्याद थप्नुपर्ने बताए पनि प्रधानमन्त्री कार्यालयले सार्वजनिक खरिद कार्यालयको सुझावलाई बेवास्ता गर्दै हचुवाका आधारमा म्याद थपसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो । यो विषयलाई भने गुपचुप राखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

‘निर्माण व्यवासायीहरू विभिन्न सूत्रको प्रयोग गरी पटकपटक म्याद थप गराउन सफल हुँदै आइरहेका छन् । उनीहरू प्रभावशाली व्यक्तिहरूसम्म पुगेर अनेकन प्रलोभन पारेको स्रोतको दाबी छ । राजनीतिक र प्रशासनिक दुवै नेतृत्वलाई प्रभावमा पारी ठेकेदार कम्पनीले फेरि ठेक्काको म्याद थप्न सफल भएका छन्, यसमा ठूलो चलखेल छ’ –प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै एक अधिकारीले भने । यस कार्यमा धेरै विकासे मन्त्रालयका सचिवहरूको समेत मिलिमतो रहेको बताइएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालय ठेक्काको होलसेलमा म्याद थप्न नहुनेमा दृढ रहँदै आएको छ तर मन्त्रिपरिषद्बाट भने होलसेल प्रकृतिकै रूपमा म्याद थपको निर्णय भएको बताइएको छ ।

स्रोतका अनुसार म्याद थप भएकामा सबैभन्दा धेरै भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय, शहरी विकास मन्त्रालय, सिँचाइ मन्त्रालय तथा खानेपानीलगायत प्राविधिक मन्त्रालय र मातहतका निकायमा ठेक्का बढि छन् । 

- यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित