२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

प्रोत्साहन रकम थपिँदा स्वयंसेविकाको मुहारमा खुसी

२३ असार २०८०, शनिबार ०३:३१

असार २३, सिन्धुपाल्चोक | सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–२ ठोकर्पाकी शिवकुमारी मल्ल उमेरले वृद्धा भइसकेकी छन् । उमेरले वृद्धा भए पनि गाउँमा स्वास्थ्यसम्बन्धी केही समस्या हुनासाथ रात, बिहान नभनी त्यहाँ पुग्ने गर्छिन् ।

स्वास्थ्य मन्त्रालयले गाउँगाउँमा महिला स्वास्थ्य स्वयमसेविका राखेर स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने उद्देश्यले गाउँमा स्वयमसेविका राख्न सुरु गरेको थियो । महिला स्वास्थ्य स्वयंसेविकाको गाउँघर तथा दुर्गम ठाउँमा उल्लेखनीय भूमिका रहेको छ, जहाँका मानिस डाक्टरको पहुँचमा हुँदैनन् त्यस्ता ठाउँमा त मल्लजस्ता सयौं स्वयंसेविका डाक्टरकै भूमिकामा हुने गर्छन् ।

सामान्यभन्दा सामान्य रोगको उपचार नपाएर दीर्घकालीन रूपमा रोगी बनेर बस्न र ज्यानै गुमाउन बाध्य समुदायमा महिला स्वयंसेविका भएर काम गरेको मल्लले ३५ वर्ष भइसकेको छ । २०४५ सालदेखि महिला स्वास्थ्य स्वयंमसेविका भएर ठोकर्पाका दुर्गम बस्ती मल्लले चहारेकी छन् ।

नामै स्वयमसेविका भएपछि राज्यले दिने खासै त्यस्तो ठूलो सुविधा केही पनि छैन तर पनि उनी जतिबेला पनि महिला र बालबालिकाको स्वास्थ्यप्रति चनाखो हुन्छिन् । मल्ल मात्रै होइन सुनकोसी–१ ठोकर्पाकी अर्की स्वयमसेविका सुन्तली अधिकारी पनि ४५ सालदेखि नै स्वयमसेविका भएर काम गरिरहेकी छन् ।

झरी, वर्षा केही नभनी उनी प्रत्येक महिलाको घरघरमा पुगेर स्वास्थ्यसम्बन्धी सचेतना मात्रै होइन कोही गर्भवती भए भन नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य संस्थामा जानुपर्छ भनेर महिलालाई सल्लाह दिने गरेकी छन् भने कोही गर्भवतीले घरमै असुरक्षित रूपमा सुत्केरी गराउन खोजे भने स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउनुपर्छ भन्दै घरघरमा जाने गरेकी छन् ।

मल्ल र अधिकारीजस्तै सुनकोसी गाउँपालिकाभर ५४ जना महिला स्वास्थ्य स्वयंसेविका लामो समयदेखि कार्यरत छन् । स्वास्थ्य स्वयंसेविकाको काम धेरै भए पनि उनीहरूले पाउने सम्मान र सुविधा भने केही पनि छैन । राज्यले वार्षिक रूपमा १० हजार पोसाक भत्ता र यातायात खर्चबापत जम्मा १२ हजार स्वमंसेविकालाई उपलब्ध गराउनेछ ।

समाजमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेख भए पनि सेवा र सम्मानमा भने केही नभएपछि सुनकोसी गाउँपालिकाले भने मासिक रूपमा स्वयंसेविकालाई १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउन सुरु गरेको छ । स्थानीय सरकारले थोरै भए पनि सहयोग गरेपछि स्वास्थ्य स्वयंसेविकाको मुहारमा खुसी देखिएको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की