२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

तिब्बत एयरलाइन्सले सियान–काठमाडौँ–सियान रुटमा सिधा उडान सुरु गर्ने

२५ असार २०८०, सोमबार ०३:३६

असार २५, काठमाडौँ | तिब्बत एयरलाइन्सले सियान–काठमाडौँ–सियान रुटमा सिधा उडान सुरु गर्ने भएको छ । एयरलाइन्सले असार २८ गतेदेखि हप्ताको दुई दिन काठमाडौँ उडान गर्न लागेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने “कोरोना महामारीअघि काठमाडौँमा चार्टर उडान गर्दै आएको तिब्बत एयरलाइन्सले अब नियमित उडानको अनुमति पाएको छ । सियानबाट अब हरेक आइतबार र बिहीबार काठमाडौँ नियमित उडान हुन लागेको हो ।”

तिब्बत एयरलाइन्सले कोरोनाअघि चीनको छेन्दुबाट काठमाडौँमा चार्टर उडान गर्दै आएको थियो । कम्पनीले शनिबार पनि काठमाडौँमा चार्टर उडान गरेको छ । त्यस्तै कुवेतको जजिरा एयरलाइन्सले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडानको तयारी गरिरहेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार जजिराले भदौको पहिलो सातादेखि पुनः उडान सुचारु गर्ने तयारी रहेको छ । हाल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमले हङकङ र दिल्ली जाने यात्रुलाई लक्षित गरेर उडान गर्दै आएको छ ।निगमले हरेक मङ्गलबार काठमाडौँ–मलेसिया–भैरहवा–काठमाडौँ उडानमार्फत भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रु लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उडान गर्दै आएको छ ।गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले गत वर्ष जेठ २ गते पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो । यो समाचार गोरखापत्र दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य