२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

श्रीमान् गुमाएको तीन महिना नपुग्दै गीताले दुवै छोरा गुमाइन्

२७ असार २०८०, बुधबार ०३:००

असार २७, कपिलवस्तु | वैशाखमा श्रीमान् गुमाएपछि लाऔंलाऔं खाऔंखाऔं उमेरका दुई छोरा हुर्काउनुपर्ने चुनौती गीतालाई आइप-यो । सामान्य आर्थिक अवस्थाकी गीतालाई एकातिर अल्पायुमै श्रीमान् गुमाउँदाको पीडा थियो, अर्कोतिर हुर्कंदै गरेका छोराको भविष्यले पिरोलिरहन्थ्यो ।

नौ वर्षका प्रदीप र १२ वर्षका दीपकलाई हजुरबुबा र हजुरआमाको साथमा छाडेर गीता रोजगारीको सिलसिलामा दुबई पुगिन् । दुबई गएको एक महिना नपुग्दै फेरि उनलाई अर्को ठूलो बज्रपात परेको छ । बुद्धभूमि नगरपालिका–१ कपासी घरमा हजुरआमासँगै सुतेका उनका दुई छोराको सर्पले डस्दा मृत्यु भएको छ ।

सोमबार राति करिब ११ बजे टाउको दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने भएपछि घरेलु प्रविधिबाट उनीहरूको उपचार थालिएको थियो । तर, केही सुधार नभएपछि गोरुसिंगेस्थित बुद्ध पोलिक्लिनिक लगियो । त्यसबेलासम्म बिहानको ४ बजिसकेको थियो । स्थानीय सुमन बन्जाडेका अनुसार, पोलिक्लिनिकले आफूले नसक्ने भन्दै तुरुन्त बुटवल लैजान सुझाव दियो ।

त्यसपछि दुवै जनालाई उपचारका लागि बुटवल लुम्बिनी प्रादेशिक अस्पताल पु-याइयो । त्यहीँ दुवै जनाको मृत्यु भयो । मृत्यु भइसक्दासम्म बच्चाको परिवारलाई सर्पले डसेको थाहा थिएन | अस्पतालको रिपोर्टमा सर्पदंशको कारण मृत्यु भएको टिपोर्ट भएको कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए ।

दुवै जनालाई गोमन सर्पले डसेको हुन सक्ने बताइएको छ । पेट दुख्ने, थुक निल्न गारो हुने, आँखा खोल्न अप्ठ्यारो हुने, शरीर दुख्नेजस्ता लक्षण सर्पको डसाइको हुने भएकाले त्यस्तो देखिएमा सर्पदंश उपचार केन्द्रमा जानुपर्ने भण्डारीले बताए । हजुरआमा वसन्ता भुसालले घरबाट पाँच किलोमिटरको दूरीमा सर्पदंश उपचार केन्द्र रहे पनि आफूहरूलाई सर्पले डसेको थाहा नभएको बताइन् ।

श्रीमान् बितेको तीन महिना पनि पुगेको छैन । यिनै छोराहरूको भविष्यका लागि दुबई गएको बेला तिनै छोराहरूले पनि अकालमा ज्यान गुमाउनुपरेको अवस्था छ । उता, मृतकका हजुरआमा वसन्तालाई अहिले सर्पदंश उपचार केन्द्र भर्ना गरिएको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य