२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

जनमत पार्टीबाट मन्त्रीको लागि अनितादेवी साहको नाम सिफारिस

२७ असार २०८०, बुधबार ०३:२४

असार २७, काठमाडौं | जनमत पार्टीले सरकारमा जानका लागि मन्त्रीको नाम सिफारिस गरेको छ । पार्टीका तर्फबाट अनितादेवी साहको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको जनमत पार्टी स्रोतले जनाएको छ । साह जनमत पार्टीको कर्यकारिणी सदस्य एंव सांसद हुन् ।

प्रधानमन्त्री प्रचण्ड जनमत पार्टीलाई सरकारमा सहभागी गराउन आन्तरिक गृहकार्यमा जुटेका थिए । प्रधानमन्त्री प्रचण्डले यस विषयमा जनमत पार्टीका अध्यक्ष डा। राउतसँग पटकपटक छलफल गर्दै आएका थिए । पछिल्लो समय सोमबार प्रधानमन्त्री प्रचण्ड र राउतका बीचमा सरकारमा सहभागी हुने’मा छलफल भएको जनमत पार्टी महासचिव चन्दन सिंहले बताए ।

यसअघि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जनमत पार्टीलाई सरकारमा ल्याउने तयारी भइरहेको पुष्टि गरेका थिए । त्यस्तै, यसअघि जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान खानेपानीमन्त्री थिए ।

जनमत पार्टीले विकास तथा पूर्वाधारसँग सम्बन्धित मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्डले जनमतलाई कुन मन्त्रालय दिने भन्ने निर्णय गर्नसकेका छैनन् । उनी आफूनिकटका नेताहरूसँग उनी आन्तरिक छलफलमा छन् । प्रधानमन्त्री सचिवालयका अनुसार जनमत पार्टीलाई सरकारमा ल्याउने’दयगत छलफल भइरहेको थियो ।

तर, कुन मन्त्रालय दिने भन्ने’दयगत निर्णय हुन सकिरहेको थिएन । जनमतले उद्योग, भौतिक पूर्वाधार, सहरीजस्ता मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ । विकासे मन्त्रालय नपाएको अवस्थामा एक राज्यमन्त्रीसहित अन्य मन्त्रालय पाउनुपर्ने सर्त जनमतका अध्यक्ष राउतले अघि सारेका छन् ।

प्रधानमन्त्री प्रचण्डले संघीय मामिला तथा सामान्य प्रशासन वा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय दिन खोजेको स्रोतको दाबी छ । यो समाचार राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य