२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

क्याम्पस प्रमुखविरुद्ध आवाज उठाउँदा परीक्षामा फेल

२९ असार २०८०, शुक्रबार ०३:३४

असार २९, काठमाडौँ | कक्षा कोठामा अपशब्द प्रयोग गर्ने क्याम्पसप्रमुख विरुद्ध आवाज उठाउँदा तीन जना विद्यार्थी प्रयोगात्मक परीक्षामा फेल भएका छन्।  विराटनगरस्थित कोसी हेल्थ एन्ड साइन्स क्याम्पसको बीपीएच चौथो वर्षमा अध्ययनरत तीन जना विद्यार्थीलाई कलेज प्रशासनले नियोजित रूपमा प्रयोगात्मक परीक्षामा फेल (अनुत्तीर्ण) गराएको हो। 

पूर्वाञ्चल विश्वविद्यालयको बीपीएच सातौं सेमेस्टरको परीक्षामा रूपा न्यौपाने, मनीषा यादव र अन्नयिया भगत फेल भएका हुन्। कलेज प्रशासनको लापरबाही र नियतवश प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण गराइएको उनीहरूले विराटनगरमा आयोजित एक पत्रकार सम्मेलनमा बताए। 

पूर्वाञ्चल विश्वविद्यालयले बीपीएच सातौं सेमेस्टरको परीक्षा २०७९ पुस २६ देखि २९ गतेसम्म लिएको थियो। जेठ १ गते प्रकाशित नतिजाअनुसार न्यौपाने र भगत दुई विषयको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भएका थिए। सैद्धान्तिक परीक्षामा उनीहरू पास भएका छन्। क्याम्पसले विश्वविद्यालयबाट बाह्य परीक्षकको रूपमा आएका परीक्षकहरूले प्रयोगात्मक परीक्षा लिएको जनाएको छ। तर, अनुत्तीर्ण भएका विद्यार्थीले प्रयोगात्मक परीक्षा लिन आएका बाह्य परीक्षकसँग बुझ्दा कुनै पनि विद्यार्थीलाई फेल हुने गरी मूल्यांकन नगरेको विद्यार्थी न्यौपानेले बताइन्।

‘प्रयोगात्मक परीक्षाको अंक क्याम्पसले दिने गरेको बाह्य परीक्षकले पनि भनेका छन्। कलेज प्रशासनले पनि आफ्नो गल्ती स्वीकार गरेको छ,’ विद्यार्थी न्यौपानेले भनिन्, ‘हामी तीनजना विद्यार्थीलाई नियोजित रूपमा प्रयोगात्मक परीक्षामा कम अंक दिएर अनुत्तीर्ण गराएका हुन्।’ यता कलेजका प्रिन्सिपल सूर्यनारायण चौधरीले विद्यार्थीलाई अनुत्तीर्ण गराउन कलेजको कुनै हात नहुने बताए। ‘पूर्वाञ्चल विश्वविद्यालयबाट बाह्य परीक्षकको रूपमा आएका परीक्षकहरूबाट प्रयोगात्मक परीक्षा लिने र ग्रेडिङ गरेर अंक दिने हो,’ प्रिन्सिपल चौधरीले भने, ‘फेल र पास गराउनेमा हाम्रो कुनै हात नै हुँदैन।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य