२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

स्थानीय तहले करारका प्राविधिक कर्मचारीमा भर्ना गरी प्रशासनिक सेवामा काम लगाउने

३० असार २०८०, शनिबार ०३:१७

असार ३०, काठमाडौँ | स्थानीय तहले प्राविधिक सेवामा करारका कर्मचारी भर्ना गरी प्रशासनिक सेवामा काम लगाउने गरेका छन्। स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहमा प्राविधिक कर्मचारी मात्र करार सेवामा राख्न पाउने व्यवस्था गरे पनि कतिपय स्थानीय तहले प्राविधिक सेवामा कर्मचारी करारमा भर्ना गरी काम भने प्रशासनमा लगाउने गरेका हुन्। 

स्थानीय तहमा कर्मचारी अभाव भएकाले प्राविधिक सेवाका कर्मचारी भर्ना गरी काम प्रशासन सेवामा लगाउने गरिएको नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले जनाएका छन्। अधिकांश स्थानीय तहका कार्यालयमा प्रमुखको जिम्मेवारी तथा नियमित सेवा प्रवाहमा करारका कर्मचारी रहने गरेका छन्। कतिपय स्थानीय तहको महत्वपूर्ण शाखा मानिने प्राविधिक, योजना, सूचना तथा प्रविधि, कृषि शाखा, आर्थिक प्रशासन, वडा कार्यालय, स्वास्थ्य, सामाजिक विकासलगायतका शाखामा करारका कर्मचारीले सेवा प्रवाह गर्ने गरेका छन्। 

प्रदेश लोक सेवा आयोगले समयमा स्थानीय तहमा कर्मचारी पूर्ति नगरेकाले स्थानीय तहले नियमित सेवा प्रवाह गर्न विभिन्न पदमा करारमा कर्मचारी राख्नुपरेको स्थानीय तहका सङ्घ तथा महासङ्घले जनाएका छन्। 

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले प्रदेश लोक सेवा आयोगलाई पटक पटक कर्मचारी पूर्ति गर्न आग्रह गर्दा पनि आयोगले ढिलाइ गर्दा नियमित सेवा प्रवाहका लागि कतिपय पालिकामा प्राविधिक तहमा नियुक्त गरी प्रशासनिक काममा लगाइएको जानकारी दिए। उनले भने, “कतिपय स्थानीय तहमा कृषि, इन्जिनियर, पशु भेटेरिनरी, स्वास्थ्य सेवाका करारमा कर्मचारी भर्ना गरी कर्मचारीलाई वडासचिव बनाएर सेवा प्रवाह गर्ने गरिएको छ।” 

अध्यक्ष पाण्डेले स्थानीय तहलाई प्राविधिक तहमा करारमा कर्मचारी नियुक्त गरेर प्रशासनिक काममा लगाउने रहर नभएर नियमित सेवा प्रवाह गर्न कठिन हुँदा बाध्यताले यस्तो गर्नुपरेको बताए । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहका लागि आवश्यक कर्मचारी प्रदेश लोक सेवा आयोगबाट पूर्ति गर्नुपर्ने व्यवस्था गरेको छ। सात वटै प्रदेशमा प्रदेश लोक सेवा आयोग गठन भए पनि विभिन्न कानुनी झन्झटले गर्दा प्रदेश लोक सेवा अयोगले पर्याप्त रूपमा विज्ञापन गरी स्थानीय तहमा कर्मचारी सिफारिस गर्न सकेको छैन। यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य