२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

रुसी निजी सेना वाग्नर समूहमा नेपाली युवाहरु भर्ती

१ श्रावण २०८०, सोमबार ०२:४९

साउन १, काठमाडौँ | भारतले गोर्खा भर्तीमा रोक लगाएको झोकमा नेपाली युवा रुसी निजी सेना वाग्नर समूहमा भर्ती भएको बेलायतबाट प्रकाशित द टेलिग्राफ पत्रिकाले लेखेको छ । वाग्नर समूहमा भर्ना भएका नेपालीले बेलारूस र रुसका विभिन्न सैन्य क्याम्पमा भइरहेका तालिममा सहभागिता जनाएको सैन्य मेसमा खाना खाइरहेको, युक्रेनमा युद्ध गर्दाताका आइपर्ने खतराहरूबारे छलफल गरिरहेको भिडियोमा देख्न सकिने समाचारमा जनाइएको छ ।

नेपालीहरू युक्रेनविरुद्ध लड्न गएको घटनाले नेपाल सरकारलाई अप्ठेरोसमेत परेको पत्रिकाको दाबी छ । वाग्नर समूहमा भर्ती हुनका लागि २२ वर्षीय कमल आचार्य गत अप्रिलमा नेपालको चिसापानी गाउँबाट मस्को पुगेका थिए । उनले खिचेको एउटा तस्बिरमा रुसी सेनाले प्रयोग गर्ने राइफल बोकेको देखिन्छ । यस्तै आचार्यका एकजना साथी उमेश शाहीले रुसले युक्रेनविरुद्ध भिड्न राम्रो तलब दिइरहेका कारण वाग्नरमा भर्ती भएको बताएका छन् । उनले लडाइँमा जानु खतरा भए पनि पैसाले लोभ्याएको बताएका छन् । रुसका विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका नेपाली युवा (गोर्खा) हरूसमेत रुसी सेनामा भर्ती भएको पत्रिकाको दाबी छ । यो समाचार नागरिक दैनिकबाट।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य