२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

सामान्य प्रशासन मन्त्री मोदी र सचिव पुष्करबीच टकराब

१ श्रावण २०८०, सोमबार ०६:०५

साउन १, काठमाडौं | संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्करबीच टकराब सिर्जना भएको छ । मन्त्री मोदीले केही दिनअघि मुख्य सचिव डा. वैकुण्ठ अर्याललगायतका सचिवसँग मिटिङमा रहेका बेला मन्त्रालयका सचिव कृष्णहरि पुष्कर मन्त्रालयमा अनुपस्थित रहेको भन्दै सचिवको हाजिरमाथि रातो घेरा लगाइदिएपछि मन्त्री र सचिवबीच टकराब सिर्जना भएको हो ।

मन्त्री मोदीले आफ्ना सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्य सचिवसँग मिटिङमा रहेको थाहा पाउँदापाउँदै मन्त्रालयमा आकस्मिक रूपमा सचिवलगायत सहसचिवको कोठाको छड्के जाँच गरेका थिए ।

आफ्ना सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्य सचिवसँग रहेको थाहा हुँदाहुँदै मन्त्री मोदीले योजनाबद्ध किसिमले सचिवको कोठामा छड्केजाँच गरेपछि मन्त्रालयका अन्य सहसचिवलगायतका उच्च कर्मचारीहरू आश्चर्यमा परेका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार पछिल्ला केही दिनयता कर्मचारी सरुवाको विषयलाई लिएर मन्त्री मोदी र र सचिव पुष्करबीच सामान्य खटपट हुँदै आएको थियो ।

मन्त्रालय स्रोतका अनुसार मन्त्री मोदीले दिनहुँजसो कुनै न कुनै कर्मचारीको सरुवा गर्न निर्देशन दिने गरेको तर सचिव पुष्करले आर्थिक वर्षको अन्तिममा कर्मचारीको सरुवा गर्न नहुने अडान लिँदै आएपछि मन्त्री मोदी सचिव पुष्करसँग असन्तुष्ट रहँदै आएका थिए ।

मन्त्रीले सरुवा गर्न दिएको निर्देशनलाई सचिवले अस्वीकार गरेपछि मन्त्री मोदीले त्यसको रिस सचिवमाथि फेरेको स्रोतको दाबी छ । मन्त्रालयका एक अधिकृतका अनुसार मन्त्री मोदीले केही दिनदेखि नियमअनुसार गर्नै नमिल्ने खालका सरुवा गर्न सचिव पुष्करलाई निर्देशन दिँदै आएका थिए ।

‘सचिवज्यूले मन्त्रीको गलत खालका सरुवा गर्नुपर्ने निर्देशन पालना नगरेकाले मन्त्रीले सचिवमाथि रिस पोख्नुभएको हुन सक्छ’ –मन्त्रालयका ती अधिकृतले  भने । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य