२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

कामदार रोकेको विषयलाई लिएर अध्यागमन विभाग र वैदेशिक रोजगार विभागबिच जुहारी

२०८०, २ श्रावण मंगलवार ०३:०८

साउन २, काठमाडौं | वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर जोर्डन र कुवेत जाँदै गरेका नेपाली कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको विषयलाई लिएर अहिले अध्यागमन विभाग र वैदेशिक रोजगार विभागबिच जुहारी चलेको छ ।

सोही जुहारीसँगै अहिले यी दुई सरकारी निकायले एकआपसमा समन्वय नगरी उल्टै आआफ्नै किसिमले भिन्दाभिन्दै विज्ञप्ति जारी गरेर फरक धारणा सार्वजनिक गरेका कारण अहिले दुवै विभागबिच कार्यसम्पादनमा नै विवादको अवस्था देखिएको छ ।

अध्यागमन विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै कार्यक्षेत्रभित्र रहेर कार्य सम्पादन गर्ने विषयमा आफू प्रतिबद्ध रहेको जनाएको छ । अध्यागमन विभागले सोमबार जारी गरेको विज्ञप्तिमा वैदेशिक रोजगार विभागद्वारा आइतबार जारी विज्ञप्तिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

‘विमानस्थलबाट नेपाली कामदार फर्काइएको सम्बन्धमा नेपाल सरकार कार्य विभाजन नियमावली २०७४ बमोजिम कार्यक्षेत्र तोकिएका विषयमा तत्तत् निकायको जिम्मेवारीभित्र पर्ने विषयमा विभाग प्रवेश गर्ने कुनै मनसाय नभएको र प्रचलित कानुनले दिएको आआफ्नो कार्यक्षेत्रभित्र रही कार्य सम्पादन गर्ने विषयमा अध्यागमन विभाग पूर्णप्रतिबद्ध रहेको छ’ अध्यागमन विभागका निर्देशक एवं सूचना अधिकारी खिमराज भुसालद्वारा जारी विज्ञप्तिमा यस्तो भनिएको छ ।

यसैगरी, अध्यागमनले श्रम समस्यालाई सरोकारवाला निकायबिच आपसी छलफल, समन्वय र सहकार्यको आधारमा समाधान गर्न विभाग दृढ रहेको उल्लेख गरेको छ ।

वैदेशिक रोजगार ऐन २०६४ ले गरेका संस्थागत श्रम स्वीकृति सम्बन्धमा सम्बन्धित निकायको जिम्मेवारीभित्र पर्ने र आगमन र प्रस्थानलाई व्यवस्थित गर्ने कार्य अध्यागमन विभागको कार्यक्षेत्रभित्र पर्ने हुँदा संस्थागत श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने श्रमिकको सम्बन्धमा वैदेशिक रोजगार ऐन २०६४, नेपाल राजपत्रमा मिति २०७० सालको २५ कात्तिकमा प्रकाशित सूचना २०७१ सालको ३० वैशाखमा बसेको बैठकको निर्णय प्रभावकारीरूपमा कार्यान्वयन गर्दै विश्वसनीय एवं सुरक्षित हुनेगरी श्रम समस्यालाई सरोकारवाला निकायबिच आपसी छलफल समन्वय र सहकार्यको आधारमा समाधान गर्न विभाग दृढ र प्रतिबद्ध रहेको सो विज्ञप्तिमा उल्लेख छ । आजको राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते