२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

ललिता निवास जग्गा प्रकरणमा न्यायाधीश भएकै आधारमा गौतमलाई उन्मुक्ति

२०८०, ३ श्रावण बुधबार ०२:५९

साउन ३, काठमाडौं | ललिता निवासको १ सय ४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा कायम गराउन राय लेख्ने व्यक्ति न्यायाधीश भएकै आधारमा सिआइबीको अनुसन्धानको राडारमा पर्न सकेका छैनन् । ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्न उपयुक्त र कानुनसम्मत छ भन्ने राय दिएका तत्कालीन उपसचिव (हालका न्यायाधीश) विनोदकुमार गौतम न्यायाधीश भएकै आधारमा अनुसन्धानको घेराबाट बाहिर छन् ।

एउटै पत्रमा हस्ताक्षर गर्ने भौतिक, योजना तथा निर्माण मन्त्रालयका तत्कालीन अधिकृत (हाल सञ्चार सचिव) कृष्णबहादुर राउत सिआइबीको हिरासतमा बसिरहँदा न्यायाधीश गौतम भने न्याय सम्पादनमा अदालत गइरहेका छन् । राउतलाई हाल सिआइबीले सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा बनाउन भूमिका खेलेको भन्दै अनुसन्धान गरिरहेको छ । अनुसन्धानको पाटोबाट हेर्दा त्यतिबेलाका उपसचिवको आधारमा अनुसन्धान हुनुपर्ने हो तर गौतमले आफू न्यायाधीश भएकै कारण छानबिन गर्न नमिल्ने भन्दै यसअघि अख्तियारको मुद्दाविरुद्ध सर्वोच्च गएका थिए । सर्वोच्चले गौतमलाई मुद्दा चलाउनु नपर्ने आदेश गरेपछि उनले उन्मुक्ति पाए ।

ललिता निवास जग्गा व्यक्तिको नाममा लैजान उपयुक्त र कानुनबमोजिम छ भनी गौतमले १९ चैत २०६६ सालमा भौतिक मन्त्रालयका तत्कालीन कानुन उपसचिव हुँदा राय दिएका थिए । उनको रायकै आधारमा सो प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको थियो । गौतमको रायका आधारमा मन्त्रिपरिषद्मा प्रस्ताव पुगेपछि निर्णय भएपछि ललिता निवासको सो जग्गामा छुट भन्दै विभिन्न व्यक्तिको नाममा नामसारी भएको देखिन्छ । यो समाचार राजधानी दैनिकबाट। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते