२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

काठमाडौं–रक्सौल रेल लागत ४ खर्ब

४ श्रावण २०८०, बिहीबार ०१:४२

साउन ४, काठमाडौं । काठमाडौं–रक्सौल विद्युतीय रेलको निर्माण लागत करिब ४ खर्ब लाग्ने अध्ययनले देखाएको छ। भारतले तयार गरेको फाइनल लोकेसन सर्भे (एफएलएस) को प्रतिवेदनले उक्त रेलको लागत ४ खर्ब रुपैयाँ देखाएको हो । भारतले काठमाडौंबाट सीधा रक्सौल जोड्ने गरी विद्युतीय ब्रोडगेज रेलको फाइनल लोकेसन सर्भेको प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । 

भारतको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सर्भे सम्पन्न भएको हो। २०७८ सालको असोजमा १८ महिनाभित्र सकाउने गरी नेपाल र भारतबीच द्विपक्षीय समझदारी भएको थियो। यसअघि भारतको आर्थिक सहयोगमै सन् २०१९ मा रेलमार्गको ‘प्रिलिमिनरी इन्जिनियरिङ कम ट्राफिक’ (पीईटी) सर्वेक्षण सम्पन्न गरी नेपाललाई बुझाएको थियो। उक्त प्रतिवेदनले रेलमार्गको लागत करिब साढे २ खर्ब रुपैयाँको अनुमान गरेको थियो ।


भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेड (केआरसियल)ले नै रेलमार्गको पीईटी र एफएलएस अध्ययन गरेको हो। भारतको विदेश मन्त्रालयले केआरसियलमार्फत रेलमार्गको अध्ययन गराएर प्रतिवेदन नेपाललाई बुझाएको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर एवं प्रवक्ता अमन चित्रकार बताउँछन् ।

पहिलाको पीईटी सर्भेले काठमाडौंदेखि रक्सौलको कुल लम्बाइ १ सय ३६ किलोमिटर हुने ठहर गरेकोमा एफएलएसले भने १ सय ४० किलोमिटर लम्बाइ हुने देखाएको उनी बताउँछन्। ‘निजगढ विमानस्थल बनाउने सरकारको निर्णयपछि विमानस्थलको मध्य वा छेउबाट रेल जान मिलेन। त्यसलाई अलिकति डिटुर गर्दा १ सय ४० किलोमिटरको हाराहारीमा आउने देखिन्छ,’ प्रवक्ता चित्रकारले भने ।

काठमाडौंदेखि रक्सौलको बीचमा १३ स्टेसन हुने पनि अध्ययनले देखाएको छ। रक्सौलबाट आउने क्रममा रेल बारा, पर्सा, मकवानपुर हुँदै काठमाडौंको चोभारमा अन्तिम स्टेसन हुनेछ ।

तराई हुँदै पहाडमा पनि रेल कुदाउनुपर्ने भएकाले टनेल र पुलहरू धेरै बनाउनुपर्ने अध्ययनले देखाएको छ। रेलमार्गको कुल लम्बाइमा करिब ४१ किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने अध्ययनमा उल्लेख छ। ब्रोडगेज रेल भएकोले अधिकतम गति १ सय २० किलोमिटर प्रतिघण्टा हुने बताइएको छ ।

भारतीय पक्षबाट प्रतिवेदन हस्तान्तरण भइसकेको हुँदा अब सरकारले यसमा परामर्श लिने काम सरकारले गर्नेछ। निर्माणको चरणमा जानका लागि लगानीको मोडालिटी के हुने सम्बन्धमा दुई देशबीच छलफल हुन सक्ने बताइएको छ । 

- यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य