२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

किन समातिएन विमानस्थलभित्रै क्विन्टल सुन ?

५ श्रावण २०८०, शुक्रबार ०२:०२

साउन ५, काठमाडौं | राजस्व विभागले तस्करीको करिब सय किलो सुन बुधबार ‘अनौठो ढंगले’ बरामद गर्‍यो। हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको विमानमार्फत आएको उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारबाट पास भएपछि बरामद गरिएको थियो।

विमानस्थल र भन्सारको ‘कडा सुरक्षा घेरा’ पार गरेर त्यति ठूलो परिणामको सुन कसरी बाहिरियो भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ। बाहिरबाट आउने सामान ओसार्ने र भन्सार पास गर्ने ठाउँमा आफ्नो उपस्थिति नहुने प्रहरीको भनाइ छ। भन्सारका कर्मचारीको संलग्नताबारे भने अनुसन्धान भइरहेको राजस्व विभाग र प्रहरीको भनाइ छ। 

तस्करले स्कुटरको ‘ब्रेक सु’ र दाह्री काटने मेसिनभित्र प्याकिङ गरेर सुन ल्याएका थिए। उक्त सुन जडित ‘ब्रेक सु’ को भन्सार जाँचपास गर्ने काम भन्सार अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकाल ड्युटीमा रहेको समयमा भएको अन्नपूर्णलाई उच्च स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार चन्द र ढकालले सुन जडित ‘ब्रेक सु’ को भन्सार जाँचपास बुधबार दिउँसो ४ बजेर ११ मा गरेका थिए।

भन्सार जाँचपास सकेर ट्याक्सीमा लैजाँदै गर्दा सिनामंगल सडकबाट सुन बरामद गरिएको राजस्वको भनाइ छ। ‘ब्रेक सु’का नाममा सुन भि-याउने रेडी ट्रेड प्रालि आन्तरिक राजस्व कार्यालय महाराजगन्जमा २०७९ चैत २१ गते दर्ता भएको थियो। रेडी ट्रेडर्स कम्पनी दिलिप भुजेलको नाममा दर्ता छ। भुजेल पक्राउ परिसकेका छन्।  यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य