२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

किन समातिएन विमानस्थलभित्रै क्विन्टल सुन ?

२०८०, ५ श्रावण शुक्रबार ०२:०२

साउन ५, काठमाडौं | राजस्व विभागले तस्करीको करिब सय किलो सुन बुधबार ‘अनौठो ढंगले’ बरामद गर्‍यो। हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको विमानमार्फत आएको उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारबाट पास भएपछि बरामद गरिएको थियो।

विमानस्थल र भन्सारको ‘कडा सुरक्षा घेरा’ पार गरेर त्यति ठूलो परिणामको सुन कसरी बाहिरियो भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ। बाहिरबाट आउने सामान ओसार्ने र भन्सार पास गर्ने ठाउँमा आफ्नो उपस्थिति नहुने प्रहरीको भनाइ छ। भन्सारका कर्मचारीको संलग्नताबारे भने अनुसन्धान भइरहेको राजस्व विभाग र प्रहरीको भनाइ छ। 

तस्करले स्कुटरको ‘ब्रेक सु’ र दाह्री काटने मेसिनभित्र प्याकिङ गरेर सुन ल्याएका थिए। उक्त सुन जडित ‘ब्रेक सु’ को भन्सार जाँचपास गर्ने काम भन्सार अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकाल ड्युटीमा रहेको समयमा भएको अन्नपूर्णलाई उच्च स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार चन्द र ढकालले सुन जडित ‘ब्रेक सु’ को भन्सार जाँचपास बुधबार दिउँसो ४ बजेर ११ मा गरेका थिए।

भन्सार जाँचपास सकेर ट्याक्सीमा लैजाँदै गर्दा सिनामंगल सडकबाट सुन बरामद गरिएको राजस्वको भनाइ छ। ‘ब्रेक सु’का नाममा सुन भि-याउने रेडी ट्रेड प्रालि आन्तरिक राजस्व कार्यालय महाराजगन्जमा २०७९ चैत २१ गते दर्ता भएको थियो। रेडी ट्रेडर्स कम्पनी दिलिप भुजेलको नाममा दर्ता छ। भुजेल पक्राउ परिसकेका छन्।  यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते