२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

१ सय किलो सुन तस्करीको छानबिन गर्न दुई निकायबीच जुहारी शुरू

८ श्रावण २०८०, सोमबार ०७:४९

साउन ८, काठमाडौं | हङकङबाट नेपाल हुँदै भारत तस्करीका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको झण्डै १ सय किलोग्राम सुनको छानबिन प्रक्रियालाई लिएर दुई निकायबीच जुहारी शुरू भएको छ ।

विमानस्थलबाट बाहिरिएको सुन पक्राउ गरेको राजस्व अनुसन्धान विभागले छानबिन पनि आफूले नै गर्ने भन्दै छानबिन प्रक्रियालाई अघि बढाएको छ । राजस्वले अनुसन्धानमा अन्य निकायको आवश्यकता नरहेको टिप्पणी गर्दै आफैंले अनुसन्धान गरेर टुंगोमा पु¥याउने बताएको छ ।

गृह मन्त्रालयले आफूले यसको बिस्तृत छानबिन गर्न पाउनुपर्ने माग गरे पनि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीले राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहतमा रहेको र हरेक कुरा प्रधानमन्त्रीलाई नै जानकारी गराउने भएकाले अन्य निकायको सहयोग आवश्यक नपर्ने बताउँदै आएका छन् ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो सुन तस्करी काण्डमा संगठित अन्तर्राष्ट्रिय गिरोहसमेत जोडिएकाले यसको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो तथा उपत्यका अपराध अनुसन्धान महाशाखाले गर्नुपर्ने बताउनुभएको र यस विषयमा मन्त्रालयमा गम्भीर रूपमा छलफल भइरहेको मन्त्रालयका एक उच्च अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए । ती अधिकारीले भने– ‘उक्त सुन तस्करी काण्डमा चिनियाँ, भारतीय र नेपाली नागरिकको मिलोमतो रहेकोले राजस्व अनुसन्धान विभागले मात्रै अनुसन्धान गर्दा शंकाको घेरामा रहेका व्यक्तिहरू भाग्न सक्ने चिन्ता मन्त्रीज्यूले व्यक्त गर्नु भएको छ ।’

यता प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका केही उच्च अधिकारीले भने यो सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत् सबै निकायको मिलोमतो भएको आशंका भएकोले प्रहरीलाई यो विषयमा अनुसन्धान गर्न दिँदा अनुसन्धान प्रभावित हुने भन्दै विभागले मात्रै छानबिन गर्ने बताएका छन् । यो समाचार नेपालसमाचारपत्र दैनिकबाट।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य