२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

भुटानले माग्यो पोखरा र भैरहवामा उडान अनुमति

१६ श्रावण २०८०, मंगलवार ०७:३४

साउन १६, काठमाडौँ | काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भर्दै आएको भुटानले नेपालसँग भैरहवा र पोखराका लागि पनि सिधा उडानको अनुमति मागेको छ । भुटानको पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको ‘भुटान सिभिल एभिएसन अथोरिटी’ ले नेपालका दुई सहरमा सिधा उडान अनुमति दिन शुक्रबार प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पत्र पठाएको हो । 

‘भुटानले आफ्ना दुई अन्तर्राष्ट्रिय वायुसेवाबाट पोखरा र भैरहवामा सिधा व्यावसायिक उडानका लागि अनुमति मागेको छ,’ प्राधिकरण स्रोतले कान्तिपुरसँग भन्यो, ‘भुटानी वायुसेवाले नेपालमा दशककौंदेखि उडान भर्दै आइरहेकाले नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति दिन कुनै प्राविधिक समस्या छैन । भुटान सरकारले तोकेका दुई वायुसेवालाई अनुमति दिन प्रक्रिया चाँडै अघि बढाउने पक्षमा छौं ।’

नेपालका नयाँ सहरमा सिधा उडान हुँदा ठूलो संख्यामा बौद्धमार्गी पर्यटक लाभान्वित हुन सक्ने भुटानको आकलन छ । ‘चाँडो अनुमति दिलाउन र सहजीकरण गर्न भुटानको सम्बन्धित मन्त्रालयले भनेको छ,’ महानिर्देशक सचिवालय स्रोतले भन्यो, ‘भुटानले यी दुई रुटमा हुने अन्तर्राष्ट्रिय उडानले नेपाली र भुटानीबाहेक अरू मुलुकका पर्यटकका लागि पनि सहज हुने पत्रमा उल्लेख गरेको छ ।’

दुई देशबीच एक दशकअघि वार्षिक २ लाख १८ हजार सिटका लागि हवाई सम्झौता भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल भुटानका दुई अन्तर्राष्ट्रियसहित ३० वटा वायुसेवाले उडान भर्दै आएका छन् ।

सञ्चालनमा आएको ७ महिना बित्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म कुनै पनि विदेशी वायुसेवाले नियमित उडानको अनुमति लिइसकेका छैनन् । कम्तीमा २२ अर्ब रुपैयाँ चिनियाँ ऋणमा निर्माण गरिएको उक्त विमानस्थलमा भुटानी वायुसेवालाई उडानका लागि रुटको समस्या हुने छैन । पूर्वी इलामको आकाश हुँदै गल्फ–३४८ रुटबाट जहाजले भुटान ओहोदोहार गर्न सक्छन् । यो रुट काठमाडौंको आकाश हुँदै पोखरासँग जोडिएको छ । त्यसैगरी भैरहवा–भुटान (पारो) उडानका लागि पनि हवाई रुटको झमेला छैन ।

हाल ड्र्युक एअरले एटीआर र एयरबस ए–३१९ बाट सातामा चार र भुटान एअरले एयरबस ए–३१९ बाट सातामा दुइटा पारो–काठमाडौं उडान भर्दै आइरहेको छ । ड्र्युकले नेपालसहित एसियाका १० वटा गन्तव्यलाई राजधानी थिम्पुसँग जोडेको छ भने भुटान एअरले काठमाडौंसहित ५ वटा एसियाली सहरमा उडान भर्दै आइरहेको छ । एक वर्षअघि सञ्चालनमा आएको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा कुबेतको जजिरा एयर र नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान भर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य