२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

शिक्षकका लागि ४६ हजार दरबन्दी खुल्दै

१८ श्रावण २०८०, बिहीबार १०:१९

साउन १८, काठमाडौँ | ४० हजार राहत शिक्षक कोटालाई दरबन्दीमा परिणत गर्ने प्रस्ताव विद्यालय शिक्षासम्बन्धी विधेयकमा गरिएको छ। मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले विधेयक समितिबाट पेस भएको विद्यालय शिक्षासम्बन्धी विधेयकलाई सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको छ। 

सो विधेयक अझै सार्वजनिक भने भएको छैन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय उच्च स्रोतले विधेयकमा राहत शिक्षक कोटालाई दरबन्दीमा परिणत गर्ने प्रस्ताव गरिएको जानकारी दिएको छ।

साविकको उच्च माध्यमिक विद्यालय (कक्षा ११/१२) को चार हजार अनुदानलाई पनि दरबन्दीमा परिणत गर्ने प्रस्ताव विधेयकमा गरिएको छ। सो तहमा दुई हजार दरबन्दी र चार हजार अनुदानमा अस्थायी रूपमा शिक्षक व्यवस्थापन गरिएको छ। 


“विधेयक पारित भएमा दुवै किसिमका गरी एकै पटक ४६ हजार नयाँ शिक्षकका लागि विज्ञापन आह्वान हुने छ,” मन्त्रालय स्रोतले भन्यो, “सबै पदमा खुला प्रतिस्पर्धा नभई खुला र आन्तरिकका लागि निश्चित प्रतिशत छुट्याइएको छ। सबै आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति सम्भव हुँदैन। अध्यापन अनुमतिपत्र लिएर बसेका हजारौँ जनशक्तिले पनि अवसर पाउनु पर्छ। कार्यरत धेरैलाई प्रवेश गराउन पहिले आन्तरिक र पछि खुला प्रतिस्पर्धात्मक परीक्षा सञ्चालन गर्नु पर्छ। आन्तरिकलाई उमेरको हदबन्दी पनि हुने छैन।” 

मस्यौदा अनुसार अब शिक्षक व्यवस्थापन स्थानीय तहमा हस्तान्तरण हुने छ। शिक्षक छनोट शिक्षक सेवा आयोगले गरे पनि नियुक्ति, सरुवा, बढुवालगायतका व्यवस्थापन स्थानीय तहमा हस्तान्तण गरिने छ। हाल शिक्षा विकास तथा समन्वय एकाइ (साबिकको जिल्ला शिक्षा कार्यालय) ले शिक्षक नियुक्ति गर्दै आएको छ। विधेयकमा नियुक्तिको जिम्मा स्थानीय तहलाई नै दिने प्रस्ताव गरिएको छ।

विधेयकमा शिक्षकको सेवा, सर्त र सुविधा निजामती कर्मचारीसरह हुने स्पष्ट गरिएको छ। शिक्षकले योगदानमा आधारित उपदान पाउने व्यवस्था रहने छ। शिक्षक सेवा आयोगको वार्षिक प्रतिवेदन शिक्षामन्त्रीसमक्ष बुझाउनुपर्ने प्रस्ताव छ। हाल आयोगले प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छैन।

विद्यालय कर्मचारीलाई पनि सुविधा उपलब्ध गराउने उल्लेख छ। त्यस्ता कर्मचारीको व्यवस्थापन स्थानीय तह अन्तर्गत हुने भनिएको छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा