२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

ब्लु बसमा पनि रङ परिवर्तन र रुटको समस्या

२०८०, २२ श्रावण सोमबार ०३:१९

साउन २२, चितवन | राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले दाबी गरे जस्तो ना ५ ख ३१३८ नम्बरको ब्लु बस पनि समस्यारहित छैन । बसको पनि रङ परिवर्तन र रुटका सम्बन्धमा समस्या देखिएको छ । 

यातायात कार्यालय नारायणी, वीरगन्जमा २०७० मा दर्ता भई त्यहाँ र यातायात व्यवस्था कार्यालय, भरतपुरमा समेत रहेको विवरणअनुसार हाल भीमबहादुर तामाङको नाममा दर्ता कायम रहेको बसको रङ हरियो, सेतो, सिल्भर, पहेँलो’ हुनुपर्नेमा स्वीकृतिबिना नै नीलो बनाइएको हो । यी दुवै कार्यालयमा रहेको रेकर्डमा रङ परिवर्तनका लागि निवेदनसमेत दिएको देखिँदैन । यातायात व्यवस्था कार्यालय, वीरगन्जका कार्यालय प्रमुख उमेश रेग्मी र यातायात व्यवस्था कार्यालय, भरतपुरका अधिकृत गोविन्द पौडेलले कुनै पनि कार्यालयमा रङ परिवर्तनका लागि निवेदन नपरेको बताए । यातायात व्यवस्था कार्यालय, भरतपुरका अधिकृत गोविन्द पौडेलले अनुमति नलिई सवारीसाधनको रङ परिवर्तन गरे कारबाही हुने बताए । यातायात कार्यालय, भरतपुरका अधिकृत सुरेश चपाई पनि सवारीसाधनले कार्यालयको अनुमति लिएर मात्रै रङ परिवर्तन गर्न पाउने बताउँछन् ।

तर बसका सञ्चालक तामाङले भने आफूलाई कार्यालय भरतपुर ले दिएको जाँचपास प्रमाणपत्रमा नीलो रङको पनि अनुमति दिएको दाबी गरे । यो समाचार गोरखापत्र दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने