२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

मंगलवारको छलफलपछि सीआईबीले नेपाल र भट्टराईको छिट्टै बयान लिने तयारी

२४ श्रावण २०८०, बुधबार ०३:४०

साउन २४, काठमाडौं | ललिता निवास जग्गा घोटाला प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपाललाई समेत अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएपछि उपप्रधान तथा गृहमन्त्री, महान्यायाधिवक्ता दीनमणि पोखरेल र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबीच मंगलवार राति गम्भीर छलफल भएको छ ।

सो छलफलमा सर्वोच्चको आदेशअनुसार ललिता निवास प्रकरण नीतिगत निर्णयकर्ताका रूपमा रहेकालाई समेत बयानमा बोलाउनेबारे कुराकानी भएको स्रोतको दाबी छ । जसअनुसार सीआईबीले ललिता निवास जग्गा प्रकरणको नीतिगत निर्णयकर्ताका रूपमा रहेका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाई छिट्टै बयानका लागि बोलाउने तयारी भएको स्रोतले जनाएको छ ।

ललिता निवास जग्गा घोटला प्रकरणको छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उक्त जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीको भूमिका प्रमुख देखिएको भन्दै थप अनुसन्धान गरिरहेको बेला उनीहरूको भेटपछि ब्युरो थप उत्साहित बनेको छ ।

गृहमन्त्री श्रेष्ठले महान्यायाधिवक्ता पोखरेल र प्रहरी महानिरीक्षक कुँवरलाई ललिता निवास प्रकरणमा प्रमाणले भेटिएका सबैमाथि बिनाडर निष्पक्ष छानबिन गर्न आफूले कुनै बाधा नपार्ने बताएको मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ । उनले यो प्रकरणमा आफूले राजीनामा दिन परे पनि पछि नहट्ने तर दोषीमाथि कारबाही गरेरै छाड्ने अठोट लिएकाले सीआईबीलाई पनि निष्पक्ष भएर छानबिन गर्न प्रहरी महानिरीक्षक कुँवरलाई आग्रह गरेको पनि स्रोतले जानकारी दिएको छ ।

सर्वोच्चले दुई पूर्वप्रधानमन्त्रीमाथि समेत छानबिन गर्न निर्देशनात्मक आदेश दिएकाले छानबिन प्रक्रिया अघि बढाउँदा आउने कानुनी अड्चनबारे महान्यायाधिवक्ता पोखरेलसँग राय लिएको पनि बताइएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता