२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स लागू नगर्ने पक्षमा टेलिकम र एनसेल

२०८०, २७ श्रावण शनिबार ०६:३७

साउन २७, काठमाडौँ | नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई लागू गर्न भनेर पटकपटक निर्देशन जारी गरे पनि लागू हुन नसकेको सो प्रविधिले कल बाइपासको विवरण पत्ता लगाउने दाबी प्राधिकरणले गरेको छ । आर्थिक वर्ष २०७४–७५ बाट २०७८–८९ को अवधिमा सेवा प्रदायकको ग्राहक संख्या झन्डै दोब्बर हुँदासमेत कल बाइपासका कारण आम्दानीमा २१ अर्बले कमी आएको हुन सक्ने आंकलन गर्दै प्राधिकरणले यो प्रविधि भित्र्याउन खोजेको जनाएको छ । यसले टेलिकम अपरेटर कम्पनीले निक्र्यौल गरेको ट्राफिक भोलुम सही र पूर्णरूपमा भए नभएको सुनिश्चित मात्र गर्ने पनि प्राधिकरणको भनाइ छ ।

यसले विवादमा आएको जस्तो कुनै पनि ग्राहकको भ्वाइस ट्यापिङ नगर्ने दाबी प्राधिकरणका अध्यक्ष पुरुषोत्तम दाहालले गरे । यसबाट कुनै पनि ग्राहकको एसएमएस कन्टेन्ट हेर्न नसक्ने भनाइ पनि उनको छ । यो प्रविधिले रिसिभ गर्ने भ्वाइस तथा एसएमएसको सिग्नलमा आरटिपी प्रोटोकल ट्याग्ड गरेको हुँदा एसएमएसको कन्टेन्ट रिड गर्न नसक्ने यस प्रविधिले अपरेटरको मिडिया फाइल एक्सेस नगर्ने हुँदा भ्वाइस ट्यापिङ हुन नसक्ने पनि अध्यक्ष दाहालको भनाइ छ ।

आर्थिक वर्ष २०६८ बाट २०७६ सम्ममा १२ अर्बभन्दा धेरै आम्दानी कल बाइपासका कारण गुमेको देखिएको र यसको कारण पहिल्याउन टेरामक्स आवश्यक भएको प्राधिकरणले उल्लेख गर्दै आएको छ ।

प्राधिकरणले राजस्व निगरानी, ठगी नियन्त्रण र गुणस्तर सुनिश्चितताका लागि भन्दै टेरामक्स प्रणाली तत्काल कार्यान्वयनमा ल्याउन साउन ८ मा नेपाल टेलिकम र एनसेल आजिएटालाई पत्र पठाएको थियो । एनसेलले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)सँग इन्टिग्रेट-कनेक्ट अर्थात् हालसम्म नजोडेको र कुनै पनि परिस्थितिमा ग्राहकसँग सम्बन्धित डाटामा सम्झौता नगर्ने उल्लेख गरेको छ ।

दूरसञ्चार प्राधिकरणले उर्दी जारी गरे पनि हामी टेरामक्सको कार्यान्वयन, इन्टिग्रेसनसँगै यसले कम्पनी र ग्राहकको गोपनीयतामा पार्न सक्ने सम्भावित प्रभाव प्राविधिक अध्ययन गरिरहेको एनसेलले जनाएको छ । टेरामक्ससम्बन्धी प्राविधिक अध्ययनको निष्कर्ष र प्रचलित कानुनका आधारमा रही निर्णय गर्ने पनि एनसेलले जनाएको छ । यो प्रविधि स्पष्ट नभएसम्म हाम्रो सिस्टम इन्टिग्रेट नगर्ने पनि एनसेलले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।

नेपाल टेलिकमले पनि कार्यान्वयन नगर्ने अडान राखेको छ । जसका कारण प्राधिकरणले कारबाहीस्वरूप नेपाल टेलिकमलाई उपलब्ध गराउने सिफारिसलगायत सहजीकरणको काम बन्द गरिदिएको छ । सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले नै टेरामक्स लागू गर्न आनाकानी गरेपछि नियामकीय निकाय प्राधिकरण नेतृत्वलाई नैतिक संकट परेको छ । यो समाचार राजधानी दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण