२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

मन्त्रिपरिषद् हेरफेर गर्दै प्रचण्ड, नयाँ मन्त्रीमा हितबहादुर र अनितादेवी !

२८ श्रावण २०८०, आईतवार ०३:१७

साउन २८, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्दै छन् । दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँ दुई सांसदलाई मन्त्रीमा प्रधानमन्त्री प्रचण्डले नियुक्त गर्दै छन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद हितबहादुर तामाङ र जनमत पार्टीकी सांसद अनितादेवी साहलाई प्रचण्डले मन्त्री नियुक्त गर्न लागेको स्रोतको दाबी छ । तामाङ नुवाकोट–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् भने साह जनमत पार्टीबाट समानुपातिक सांसद हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीमध्ये दुई जनालाई फिर्ता बोलाएर नयाँ दुई मन्त्री नियुक्त गर्ने’दयगत आन्तरिक तयारीमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् ।

प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार सम्भवतः आइतबार नै मन्त्रिपरिषद् हेरफेर हुनेछ । दुई जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ दुई जना मन्त्री नियुक्त गर्ने तयारीमा प्रधानमन्त्री रहेका छन् ।

‘जनमत पार्टी र माओवादीबाट एक–एक जना नयाँ मन्त्री नियुक्त गर्ने आन्तरिक तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ, माओवादीबाट मन्त्री भएकामध्ये दुई जनालाई फिर्ता बोलाएर सम्भवतः आइतबार नै शपथ गराउने तयारी छ,’ प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो ।

प्रधानमन्त्री प्रचण्ड र माओवादी उपमहासचिव वर्षमान पुनः निकट मानिने तामाङलाई मन्त्री बनाउन पार्टीबाटै दबाब आएको छ । अहिलेका मन्त्री मोदी, किराती र शर्मा तीनै जना माओवादीबाट सरकारमा गएका नेता हुन् । तीन जनामध्ये दुई जनालाई फिर्ता बोलाउनुपर्ने र जनमतका साहसँगै माओवादीका तामाङलाई समेत मन्त्री बनाउनुपर्ने दबाब प्रचण्डमाथि छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य