२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

यसरी बनाए दावा छिरिङले काभ्रे प्रशासनलाई नागरिकता बेच्ने ‘अखडा’

१ भाद्र २०८०, शुक्रबार ०३:२४

भदौ १, काभ्रे | विमानस्थल बाहिरबाट बरामद गरिएको ६० किलो सुन तस्करी अभियोगमा पक्राउ परेका निमा भनिने दावा छिरिङसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेबाट थप चार जना विदेशीले एकैपटक नागरिकता लिएको खुलेको छ ।

प्रहरीले निमा तामाङका नाममा दावा छिरिङलाई सुन तस्करी प्रकरणमा पक्राउ गरेपछि खुलेको अनुसन्धानबाट चारजना चिनियाँ मूलका नागरिकले काभ्रेबाट गैरकानुनी तरिकाबाट नागरिकता र राहदानी बनाएको खुलासा भएको हो । 

दावाले नागरिकता बनाएकै दिन वि।सं। २०७४ पुष २० गते सोही ठेगाना र बाबुको नाम पनि एउटै राखेर जिल्ला प्रशासन कार्यालय काभ्रेबाट पासाङ लामाले नागरिकता लिएका थिए । 

उनको नागरिकता नम्बर ११८६५ हो । दावा र पासाङका बाबुको नाम पेमा तामाङ राखिएको छ भने ठेगाना नमोबुद्ध ११ राखिएको छ । यिनै दुई जना दावा र पासाङले कर्मचारीको सेटिङ्गमा अनुसूची गायव बनाएर अभिलेख राखेर नागरिकता लिएका हुन् ।

प्रहरीको सीआईबीले सुन तस्करकै अनुसन्धानका क्रममा दावासँग सम्बन्ध भएका थप चारजना चिनियाँ नागरिक पक्राउ परेसँगै काभ्रेबाट राहदानी लिएको खुलासा भएको हो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता