१२ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

काठमाडौँ–तराई/मधेश द्रुत मार्गमा थप तीन वटा सुरुङ थपिने

२ भाद्र २०८०, शनिबार ०२:५४

भदौ २, काठमाडौँ | काठमाडौँ–तराई/मधेश द्रुत मार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन भएको छ। संशोधनसँगै आयोजनाको लागत र समय घट्ने छ भने सुरुङ मार्गको सङ्ख्या थपिने छ। संशोधन अनुसार द्रुत मार्गमा थप तीन वटा सुरुङ निर्माण गरिने छन्। सबै गरेर सुरुङको कुल लम्बाइ ८.६ किलोमिटर पुग्ने छ। अहिले तीन वटा सुरुङ निर्माण भइरहेका छन्।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारले आयोजनाको लागत र समय घट्ने गरी काठमाडौँ–तराई/मधेश द्रुत मार्गको ‘डिपिआर’ संशोधन गर्ने निर्णय गरेको जानकारी दिए। उनले भने, “करिब दुई अर्ब दुई करोड रुपियाँ निर्माण लागत र निर्माणको समय पनि घट्ने गरी ‘डिपिआर’ संशोधन भएको छ। सुरुङ मार्ग थपिँदा सडकको लम्बाइ र मूल्य दुवै घट्यो।” द्रुत मार्गको भौतिक प्रगति कमजोर देखिएपछि यातायातमन्त्री ज्वालाले नेपाली सेनासँग असन्तुष्टि जनाउँदै द्रुत मार्गको काम द्रुत गतिमा हुनुपर्नेमा प्रगति हेर्दा आशावादी नभएको बताएका थिए । नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले नेपाली सेनाले चार महिनाअघि गरेको प्रस्ताव अनुसार सरकारले द्रुत मार्गको ‘डिपिआर’ संशोधन गर्ने निर्णय गरेको जानकारी दिए । उनले भने, “परामर्शदाताको सुझावमा आयोजनाको प्याकेज नम्बर ८ को ‘क’ र प्याकेज नम्बर १० को ‘डिपिआर’ संशोधन गरिएको प्रस्तावमा सरकारले सो निर्णय गरेको हो।”

उनका अनुसार कमजोर भू–बनोटका कारण सडक निर्माण गर्दा पहिरोलगायतका समस्या हुन सक्ने भन्दै सेनाले सुरुङ मार्ग निर्माण गर्न ‘डिपिआर’ संशोधनका लागि चार महिनाअघि सरकारसमक्ष प्रस्ताव गरेको थियो। द्रुत मार्गको काठमाडौँतर्फबाट शून्य किलोमिटर ललितपुरको खोकनादेखि १२ किलोमिटर र २४ किलोमिटरमा क्रमशः चन्दान र रामचन्द्र भिर भन्ने ठाउँमा आयोजनाको ‘डिपिआर’ संशोधन गरिएको हो।

नेपाली सेनाले निर्माण व्यवस्थापनको जिम्मा पाएको छ वर्षको अवधिमा आयोजनाको कुल प्रगति करिब एक चौथाइ मात्र भएको छ। चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सरकारले २०७४ साउन २७ गते द्रुत मार्गको काम नेपाली सेनालाई दिने निर्णय गरेको थियो। २०८३ साल चैत मसान्तसम्ममा सक्ने गरी आयोजनाको म्याद थप गरिएको छ। गोरखापत्र दैनिकबाट। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु एनएपीएलमा छक्का हानेको बल क्याच गरेर ४ जनाले पाए २५/२५ हजार सरकारलाई जनकपुर बोल्ट्सले साढे २७ लाख कर दिनुपर्ने, अरु टोलीले कति? दुर्गा प्रसाईंलाई रिहा गर्ने आदेशविरुद्ध पुनरावलोकन गर्दै सरकार राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट हट्दै मोन्टी देसाई आज बढ्याे सुनचाँदीको मूल्य, प्रतितोला कति? मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार एक जना युवकको मृत्यु रास्वपाको सचिवालय बैठक आज बस्दैँ यस्तो छ, शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर ! संघीय संसद अन्तरगत दुई समितिको बैठक आज बस्दै भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन आज पनि रास्वपा सभापति लामिछानेको बयान हुदैँ उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना शुक्रबार साँझदेखि अर्को मौसम प्रणाली भित्रिँदै, कहाँ-कहाँ पर्ला पानी ? रोकिएका आयोजनालाई सरकारले अगाडि बढाउँछ : ऊर्जामन्त्री खड्का अवैध ९२ लाख रुपैयाँको अनुसन्धान गर्दा ‘आफ्नै श्रीमती बेच्ने व्यक्ति’ खुलेपछि… ‘केपी ओलीले एमालेबाट निकालेका’ भीम रावल अब के गर्छन् ? लगनगाँठोमा कसिदै नेपाली क्रिकेटर दाजुभाइ आरिफ र आसिफ शेख आसिफ र आरिफलाई गृहजिल्लामा सम्मान कान्तिपुर मिट हाउसमा म्याद नाघेको मासु, महानगरले गर्‍यो नष्ट